भनिन्छ बलिउड गसिपैगसिपको भण्डार हो। स–साना कुराले पनि बलिउडमा प्राथमिकता पाउने गरेका छन्। हालैमात्र अमेरिकाको न्युयोर्कमा सम्पन्न १८औं आइफा अवार्डमा बलिउडका लगभग सबै कलाकार सहभागी भए। जहाँ अभिनेता सुशान्त सिंह राजपुत पनि उपस्थित थिए।
अवार्ड समारोहमा उत्कृष्ट नायक–नायिकाको उपाधि क्रमशः साहिद कपुर र आलिया भट्टले जिते। साहिदले फिल्म उड्ता पञ्जाबबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा दर्शकदीर्घामा बसेका अर्का अभिनेता सुशान्तसिंह राजपुत भने खुसी देखिएका थिएनन्। सायद त्यो अवार्ड साहिदको हातमा परेको उनलाई मन परेन र लगत्तै ट्विटरमा आइफा हाहाहाहा लेखेर ट्विट गरिदिए। उनको यो ट्विटपछि समर्थकहरुले समेत सुशान्तले असन्तुष्टि व्यक्त गर्नुको साटो साहिदको जितको खुसी मनाउनुपर्ने बताएका थिए। सायद सुशान्त एमएस धोनीः द अन्टोल्ड स्टोरीबाट आफैंले उत्कृष्ट अभिनेताको अवार्ड पाउनेमा विश्वस्त थिए। त्यसैले साहिदले अवार्ड जित्दा उनले सिंगो अवार्डलाई नै मजाकमा उडाइदिए। सुशान्तको यस्तो हर्कतपछि भने उनलाई व्यंग्य गर्दै ट्विट गर्नेको संख्या पनि कम छैन।











प्रतिक्रिया