गुल्मीमा धान रोप्न आधुनिक मेसिनको प्रयोग

0
Shares

अनिल खत्री,गुल्मी ।
गुल्मीमा पहिलो पटक आधुनिक प्रविधीको प्रयोग गरी धान रोपाई गरिएको छ । धुर्कोट गाउँपालिकामा जिल्लामै पहिलो पटक मेशिन बाट धान रोपाई सुरु गरिएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोग र जनविकास केन्द्र गुल्मीद्धारा संचालित जलवायु परिवर्तन मैत्रि कृषि प्रविधि तथा जन–उत्थान प्रर्वधन कार्यक्रमले सो गाउँपालिकामा धान रोप्ने मेशिन प्रदान गरेको थियो ।

बढ्दो जलवायु परिवर्तन अनुकुल धान खेती किसानहरुको आम्दानीमा बृद्धि गर्नको लािग आधुनिक मेसिन धुर्कोट गाउँपालिकामा ल्याउने पहल गरिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए । गाउँपालिकाको वार्ड नम्बर ४ जैसिथोकका नवनिर्वाचित वडाध्यक्ष मान बहादुर कुँवरले मेशिनबाट धान रोपाईको उद्घाटन गरेका थिए ।

साविकको जैसिथोक वार्ड नम्बर ५ निवासी युवा किसान तुल्सीराम कुँवरको खेतमा सो मेसिनको उद्घाटन गरिएको हो । कुँवरको करिब डेढ रोपनी खेतमा ६ वटा प्लटहरु निर्माण गरी क्रमश ः हंसराज, खुमल ४, खुमल १०, सुख्खा ४, सुख्खा ६ र सुख्खा –३ गरी ६ जातका धान रोपेका छन् ।

जलवायु परिवर्तन अनुकुल धान खेती गरी गरीब, दलित तथा पिछडिएको समुदायको आर्थिक विकासका सहयोग गर्ने लक्ष्यका साथ आधुनिक कृषि खेती प्रणाली अन्तरगत सो मेशिन भित्राइएको कुवँले बताए ।

धान रोप्ने आधुनिक मेसिन चिनको युनानबाट ल्याइएको र यसले लाइट प्लान्टिङ गरी १ घण्टामा १ रोपनी जग्गामा धान रोप्न सकिने सो संस्थाका कार्यक्रम संयोजक थानेश्वर भण्डारीले बताए ।

बर्षात सुरु भएसँगै किसानहरुमा कामको चटारो बढेको छ । गुल्मी जिल्लामा पर्याप्त रुपमा पानी परेको कारण स्थानीयहरु खेतबारीमा ब्यस्त हुने गरेका छन । स्थानीयहरु धान तथा कोदो रोपाइको चटारोमा छन ।