‘सेभ जलेश्वर’ अभियानीहरुले गरे सशस्त्र प्रहरीलाई सम्मान

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।

महोत्तरीमा सेभ जलेश्वरले थालेको अभियानलाई निरन्तर सहयोग तथा योगदान पुरयाउँदै आएका सशस्त्र प्रहरीहरु सम्मानित भएका छन् । जलेश्वरनाथ महादेव मन्दिरमा अभियानीहरुले १४ औं साताको सरसफाई कार्यक्रम पश्चात आयोजित अनौपचारिक कार्यक्रममा उनीहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेको छ ।

 

‘सेभ जलेश्वर’ भन्ने मूल नाराका साथ जलेश्वरका स्थानिय युवाहरु र नागरिक समाजले विगत १४ सप्ताहदेखि प्रत्येक शनिबार दुई घन्टा जलेश्वरको विकासका लागि सुरु गरेको अभियानमा सशस्त्र प्रहरीहरुले भार्गवसर कुटी र पोखरीमा सरसफाई, घाट मर्मत लगायत जलेश्वरनाथ मन्दिरको सरसफाई, पोखरीको जिर्णोद्धारमा खुलेर नै सहयोग गर्दै आएकोमा अभियानीहरुले सात जना सशस्त्र प्रहरीलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको छ ।

 

सेभ जलेश्वरका अभियानीहरुले शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश श्रेष्ठ र उनका सातजना सहयोगीहरुलाई मायाको चिनो उपहार प्रदान गरि सम्मानित गरेको छ । प्रउसंगै शसस्त्र प्रहरी हवल्दार बुद्धीलाल घलान, शसस्त्र प्रहरी सहायक हवल्दारद्वय शंकर प्रसाद चौधरी र भक्त वहादुर माझी रहेका छन भने शसस्त्र प्रहरी जवानहरु विनोद कार्की, शालिग्राम पौडेल, सहदेव खत्री र हेमलाल गुरुंङ्गलाई समेत मायाको चिनो प्रदान गरिएको छ ।

 

आयोजित कार्यक्रममा खानेपानी स्वच्छता तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवेन्द्र झा तथा सेभ जलेश्वरका अभियानीहरुले संयुक्त रुपमा मायाको चिनो प्रदान गरेको छ । सो कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत शम्भु यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक राज कुमार लम्साल, सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वर, स्थानियवासी, नागरिक समाजको उपस्थिति रहेको थियो ।

 

महोत्तरीका शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले सो कार्यक्रममा स्थानिय युवावर्गहरुले चलाएको कदमलाई समाज र देशकै लागि सकारात्मक पहल भएकोले हामीहरु आफ्ना प्रहरीहरुलाई सरसफाईजस्ता सामाजिक कार्यमा लगाएको र यस्ता कार्यमा निरन्तरता सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

 

अभियान संचालन भएपछि सबैले खुलेर यसमा सहयोग गरेकोले अब जलेश्वर चाँडै एक नयाँ जलेश्वरको रुपमा चिनिने अभियानी गजेन्द्र गुप्ताले बताए ।