११ जना एआइजी बढुवा सिफारिसमा नवराज सिलवाल परेनन



काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० का लागि ११ जना डिआइजीको नाम सिफारिस गरेको छ।

वरिष्ठतामा एक नम्बरमा रहेका र प्रहरी महानिरीक्षकको दावेदारसमेत रहेका नवराज सिलवाल एआइजी सिफारिसमा परेका छैनन्। डिआइजी बमबहादुर भण्डारी एक नम्बरमा परेका छन् भने सरकारले आइजी बनाए पनि सर्वोच्चको आदेशबाट पद निस्क्रिय भएका जयबहादुर चन्द दोस्रो नम्बरमा परेका छन्।

मन्त्रिपरिषद्को हालैको बैठकले एआइजीको संख्या ११ पु्र्‍याउने निर्णय गरेको थियो।

को को परे

प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षक ९आइजी० र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० को पदमा नियुक्त गर्ने अधिकार नेपाल सरकारलाई छ। एआइजीमा बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले बढुवाका लागि सिफारिस गर्ने गर्छ।

आइतबारसम्म डिएसपीसम्मको बढुवा नामावली सार्वजनिक गर्ने तयारी छ।

हालका डिआइजी मध्येबाटै भावी आइजी चयन हुने भएकोले डिआइजी बढुवामा पनि चासो उत्तिकै छ। डिआइजीमा बढुवाका लागि एसएसपीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की लगायतको चर्को प्रतिस्पर्धा छ।

प्रहरी नायब महानिरीक्षक ९डीआईजी० चार, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० १०, प्रहरी उपरीक्षक ९एसपी० १२, प्रहरी नायब उपरीक्षक ९डीएसपी० ७० र प्रहरी निरीक्षक ९इन्सपेक्टर० मा २ सय ५० भन्दा बढी पद रिक्त छन्।

प्रतिक्रिया दिनुहोस्