ललित कलाकार खनाल बैंककमा पुरस्कृत

0
Shares

थाइल्यान्डको राजधानी बैंककमा नेपाली कलाकार अनिता खनाल भट्टराईले अनरेवल मेन्सन अवार्ड जितेकी छिन्।

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका इटलीलगायत विभिन्न ८ देशका कलाकारहरुको सहभागिता रहेको प्रतियोगितात्मक कला प्रदर्शनीमा कलाकार भट्टराईले सो अवार्ड जितेकी हुन्। ललितकला विषयमा स्नातकोत्तर गरेकी भट्टराईले नेपाल तथा विदेशमा एकल तथा सामुहिक कला प्रदर्शनीमा सहभागीता जनाइसकेकी छन्।

पुरस्कार ग्रहण गर्न थाइल्यान्ड पुगेकी कलाकार भट्टराईले आप्mनो जल रङले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा अत्यन्तै खुसी लागेको र नेपाली कलाकारले अवसर पाए देशविदेशमा पुरस्कृत तथा सम्मानित हुन सक्ने बताइन्। ‘नेपाल कलाको लागि अत्यन्तै सम्भावना बोकेको भूमि हो। अन्य देशका कलाकार र कलाका मर्मज्ञ समक्ष नेपालबारे प्रचारप्रसार गर्न कार्यक्रमले सहयोग पुगेको छ’ –भट्टराईले भनिन्।

एक हप्ता लामो कार्यक्रममा विभिन्न देशका प्रतिष्ठित कलाकारको सगभागिता रहेको थियो। प्रदर्शनीका साथै कलाकारहरुले बैंककमा कला कार्यशाला पनि गरेका थिए। फोकस बंगलादेशले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी थाईल्यान्डका प्रमुख लाफेले पुरस्कार प्रदान गरेका थिए।