बालकलाई गधासँग बाँध्ने पक्राउ


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानमा प्रहरीले बालकलाई गधासँग बाँधेको अभियोगमा एकजनालाई गिरफ्तार गरेको छ। उक्त गधाले घिसार्दै बालकको ज्यान लिएको थियो। पाकिस्तानी शहर एवोत्तावाददेखि ८० किमि दक्षिणमा पर्ने लोरा गाउँमा यो घटना घटेको हो।

बालकले चराइरहेका चौपायाहरू आफ्नो खेतमा घुसेको कारण रिसले मोहमद मिस्कन नामक ती व्यक्तिले त्यसरी बालकलाई सजाय दिएको प्रहरीले जनाएको छ। तर मोहमदले प्रहरीले लगाएको अभियोग अस्वीकार गरेका छन्।

प्रत्यक्षदर्शीहरूले मोहमदले बालक बाँधिसकेपछि गधालाई बेस्सरी पिटेर दौडाएको बताएका छन्। आठ वर्षीय मुदस्सिर नामक ती बालकको चोटको कारण मृत्यु भएको बताइएको छ। मोहमदको खेतमा उनले चराउँदै गरेका केही भेडा र एउटा गधा पसेको थियो। स्थानीय गाउँलेहरूले त्यो गधाले बालकलाई करिब एक घण्टासम्म घिसारेको बताएका छन्।