बिहेअघि नै गर्भवती भएका बलिउड सुन्दरी

0
Shares

बलिउड फिल्म नगरीमा सुन्दर अनुहारको कुनै कमी छैन। नायिकाहरु सुन्दर हुनु स्वभाविक नै हो। यही कारण पनि बलिउडमा नायक र नायिकाहरुबीच रिल लाइफमा मात्र नभई रियल लाइफमा समेत रोमान्स चलिरहेको छ भन्ने सामाचारहरु आइरहेका हुन्छन्।

यस्ता रोमान्सले हदभन्दा माथि जाँदा भने उनीहरुको जिन्दगीलाई नै नराम्रा असर पारिरहेका हुन्छन्। रिलेसनमा रहेका केही हिरोइनले विवाहका बारेमा सोचेको पाईंदैन भने कसैले चाहिँ तुरुन्तै विवाह गर्ने निर्णय गरेर सम्बन्धलाई अगाडि बढाउने गरेको बलिउडमा देखिन्छ।

बिहेसम्मको कुरा नसोची सम्बन्धलाई अगाडि बढाएका कतिपय बलिउड नायिकाले भने नचाहेरै वा नसोचेरै पनि तुरुन्तै विवाह गर्नुपर्ने अवस्था सिर्जना भएको बलिउड फिल्म नगरीको इतिहासमा पाइन्छ। यसको कारण भने उनीहरु विवाह अघि नै गर्भवती हुनु हो।
श्रीदेवी तीनैमध्येकी बलिउडको एक सुन्दर अभिनेत्री थिइन्, जो सम्बन्धलाई अगाडि बढाउँदा बढाउँदै विवाह गर्न बाध्य भइन्। बोनीले उनको मन तब जितेका थिए, जब श्रीदेवीकी बिरामी आमाको अमेरीकामा उपचार चलिरहेको थियो। उक्त समयमा बोनीले श्रीदेवीको निकै सहायता गरेका थिए।

यसै सिलसिलामा सन् १९९६ मा श्रीदेवीले अचानक बोनीसँग विवाह गरेर आफ्ना सबै फ्यानहरुलाई चकित बनाइदिइन्। बोनीसँगको माया प्रेमको सम्बन्धबाट त्यो समयसम्म श्रीदेवी गर्भवती भइकेकी थिइन्। त्यसैले उनले बोनीलाई आफ्नो पति स्वीकार गर्न समय लगाइनन्। यस विषयमा श्रीदेवीले त्यसैबेला स्वीकार पनि गरेकी थिइन्।

खेल, सूर्यम, जिन्दा, थ्याकं युजस्ता फिल्ममा अभिनय गरेकी अर्की बलिउड नायिका सेलीना जेट्लीले पनि प्रेम सम्बन्धलाई अगाडि बढाउने क्रममा गर्भवती भएपछि आफ्ना प्रेमी पिटरसँग तुरुन्तै विवाह गरिन्। उनले विवाहको केही महिनामै जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन्। उनी बिहेअघि नै गर्भवती थिइन् भन्ने चर्चा पनि बलिउडमा चलेको थियो।अर्की बलिउड नायिका महिमा चौधरीले सुवास घईको फिल्म परदेशबाट आफ्नो करिअर शुरु गरेकी थिइन्।

उनको वास्तिविक नाम ऋतु हो। महिमाले सन् २००६ मा अचानक बबि मुखर्जीसँग विवाह गरिन्। त्यस समयमा उनको हातमा केही फिल्महरु पनि थिए। चर्चा थियो कि महिमा गर्भवती थिइन्। त्यस कारण उनले हातमा आएका फिल्म नै छोडेर विवाहलाई रोजिन्। विवाहको केही महिनापछि नै उनले छोरीलाई जन्माएकी पनि थिइन्।

बलिउड नायिका मलाईका अरोराकी नायिका बहिनी अमृता अरोराको बिजनेस म्यान शकीलसँग रोमान्स चलिरहेको थियो। उनले पनि छिट्टै नै प्रेमलाई विवाहमा परिणत गरिन्। त्यो समयमा चर्चा चलेको थियो कि उनी गर्भवती थिइन्। त्यसलाई स्वीकार गर्दै विवाहको केही दिनमा नै अमृताले आफू गर्भवती भएको खुलाएकी थिइन्।

फिल्म राजतीलकको सुटिङको क्रममा बलिउड नायिका सारिका र नायक कमल हसनबीच रोमान्स चलेको थियो। यहीबीच यी दुवैले विवाह गरे। हतार हतार बिहे गर्नुको कारण सारिका गर्भवती थिइन् भन्ने रहेको छ।

बलिउड नायिका नीना गुप्ताले त झन् अचानक आफू गर्भवती छु भनेर सबैलाई अचम्ममा पारेकी थिइन्। तर उनले बच्चाको बाबुको नाम भने बताइनन्। साहसिक निर्णय लिँदै उनले बच्चालाई जन्म दिइन्। पछि मात्र थाहा भयो कि क्रिकेटर विवियन रिचर्डस् उनको बच्चाको पिता रहेछन्।