हत्यारालाई जन्मकैदको माग गर्दै मौन जुलुस

0
Shares

नरेन्द्र केसी,दाङ ।

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसंगै अपहरण पश्चात हत्या गरिएका घोराही उपमहानगरपालिका १२ का रण बहादुर घर्तीका परिवार, सुभचिन्तक तथा आफन्तले हत्यारालाई जन्मकैदको फैसला नभएसम्म लास नबुझ्ने भन्दै सदरमुकाम घोराहीमा मौन ¥याली निकालेका छन् ।

पिडित परिबार तथा आफन्तले हत्यारालाई फासी, पिडित परिबारलाई राहत तथा क्षतिपुर्ति, श्रीमतीलाई रोजगारी तथा छोराछोरीलाई निशुल्क शिक्षाले माग गर्दै घोराहीको ट्राफिकचोकबाट शुरु भएको मौन ¥याली बजार परिक्रमा गरी, जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला प्रसासन कार्यालय पुगेर धर्ना दिई समापन भएको थियो ।

मौन ¥यालीमा हत्यागरिएका घर्तीका बुवा आमा, श्रीमती छोराछोरी छिमेकी तथा आफन्त र सुभचिन्तक सहभागी थिए ।

जेठ २६ गते काम बिशेषले रुकुम जादै गरेका घर्तीलाई तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गर्ने समुहले सल्यानको रिमबाट अपहरण गरेको थियो।

श्रेष्ठलाई अपहरण गर्न पुजा घर्तीलाई प्रयोग गरेको समुहले श्रेष्ठ अपहरणको पोल खुल्ने डरले घर्तीलाई समेत अपहरण गरी हत्या गरेको खुलेको छ । घर्तीको सब दुई दिन पहिले मात्र सल्यानको छत्रेश्वरी गाउपालिकाको जंगलमा श्रेष्ठलाई हत्या गरेको स्थानभन्दा केही पर भेटिएको थियो ।

पिडित परिबारजनले श्रेष्ठलाई पैसाका लागि अपहरण गरेपनि रण बहादुर अनाहकमा अपहरणमा परी हत्या भएको भन्दै सरकारलाई हत्यारालाई फासी दिन माग गरेका हुन ।

सरकारले श्रेष्ठको सव हेलीकप्टरमा दाङ ल्याएको भएपनि घर्तीको सब परिबारले आफ्नै खर्चमा दाङ ल्याएका थिए । हाल राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको लास बुझ्न परिबारले मानेका छैनन् ।

प्रहरीले शुरुमा घर्ती समेत अपहरणकारीको समुहका सदस्य रहेको हुनसक्ने बताएको भएपनि घर्तीको हत्या, र पक्राउ परेका हत्याराको बयानबाट घर्ती निर्दोस भएको पत्ता लागेको छ ।

घर्र्तीलाई छाड्दा आफुहरु पक्राउ पर्न सक्ने आसंकामा अपहरणकारी समुहले घर्तीको समेत हत्या गरेको बयान दिएका छन् ।

प्रहरीले लामो अनुसन्धान पछि राजकुमार श्रेष्ठ तथा रण बहादुर घर्तीको अपहरण तथा हत्यामा संलग्न सल्यान झिम्पे कोरबाङ ५ घर भई हाल दाङको साबिक हेकुली ६ बालापूर बस्ने ३७ वर्षीय मान बहादुर भण्डारी, तुलसीपूर उपमहानगरपालिका ८ का भुपेन्द्र भण्डारी, तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारका ३९ वर्षीय टिकाराम घर्ती, उनकी १८ वर्षीय छोरी पुजा घर्ती र तुलसीपुर उपमहानगरपालिका ११ का खुम बहादुर के.सी. तुलसीपुर उपमहानगरपालिकाकै अबिरल महतरा नारायण वली, मन बहादुर पुन, घोराही उपमहानगरपालिकाका जमा पुन लगायतलाई पक्राउ गरेको छ ।