प्यूठानमा डेढ लाख बिरुवा रोपिदैँ

0
Shares

सलिम अन्सारी,प्यूठान
प्यूठानमा यस वर्ष १ लाख ५० हजार विरुवा रोपिदैँ छन् ।

जिल्ला बन कार्यालयले जिल्लाका निजी एवँ सामुदायिक वन समुहलाई निशुल्क बिरुवा बितरण गरेर डेढ लाख बिरुवा रोप्ने तयारी गरेको हो ।

जिल्लाको बागेँसाल,बिजुवार र बहाने गरी तिन स्थानमा नर्सरी स्थापना गरी कार्यालयले बिरुवा उत्पादन गर्दै आएको हो । साउनको पहिलो साता सम्ममा जिल्लाका सबै लक्षित क्षेत्रमा वृक्षारोपण गरेर सकिने जिल्ला वन कार्यालयका रेन्जर हरि पौडेलले बताए ।

प्रतिहेक्टर १ हजार ६ सय बिरुवा लाग्ने उनले जानकारी दिए । यो बर्ष निजी,आवादी र सामुदायिक बन समुह गरी २५ हजार हेक्टर भन्दा बदि जमिनमा बृक्षारोपण गरिने छ ।

जिल्लाको कुल ७२ हजार ६ सय ९४ हेक्टर वन क्षेत्र मध्ये ४ सय २० वटा सामुदायिक बनलाइ झण्डै ४८ हजार हेक्टर वन क्षेत्र समुदायलाई हस्तान्त्रण गरिएको छ ।

६५ सय बिरुवा रोपिए

राप्ती नदि किनारको रानीबास वगरमा बिभिन्न थरिका लगभग ७ हजार बिरुवा रोपिएका छन ।

जिल्ला बन कार्यालयले बिरुवा प्रदान गरेपछि प्यूठानको सरुमारानी २ स्थित डोढखोली सामुदायिक बन क्षेत्रमा बिरुवाहरु रोपिएका हुन् ।

यहाँको जम्मा साढे चार हेक्टर जमिनमा बिरुवा रोपिएको हो ।

सिसौ,खयर,बुकाइनो,सिमल लगायतका बिरुवा बृक्षारोपण गरिएको सामुदायिक बनकी सचिव धनाकुमारी घर्तीले जानकारी दिइन् ।

बृक्षारोपण कार्यक्रममा बन समुहका पदाधिकारी र सदस्यहरको सहभागिता रहेको थियो।