ताप्लेजुङमा एक महिला मृत फेला, हत्या गरीएको आसंका

0
Shares

रविन भट्टराई,ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालीका १ मा एक महिला मृत अबस्थामा फेला परेकि छिन् ।

साविक निगुरादिन ६ निवासी दिलिप थलङ (लिम्बु) कि ३० वर्षीय श्रीमति सिर्जना लिम्बु घर नजिकैको बारीमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विहान घाँस काट्न आएका गाउँलेले घर नजिकैको बारीमा सिर्जनालाई मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा प्रहरी पुगेर घटनाको विषयमा अनुसन्धान गरीरहेको छ ।

घर मुनीको मकैबारी माडेको, मानिसको धेरै पाईला बारीमा भेटिएको र मृतक सिर्जनाको सव भेटिएको स्थानमा धेरै रगत बगेको भेटिएकाले उनको हत्या भएको आसंका गरीएको छ ।

श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् । सिर्जना ४/५ वर्षीय छोरा सँग घरमा बस्दै आएकि थिईन ।