उपचारको पखाईमा धन वहादुर,आफन्त नहुदा गाउँमै थलिए

0
Shares

दिपेन्द्र शर्मा,जाजरकोट ।
भेरी नगरपालीका २ डिगा जाजरकोटका ६८ वर्षीय धन वहादुर दमाई विरामी भएर थला परेको धेरै समय भैसक्यो ।

पेट सुनिने तथा खुटा सुनिने रोग वाट पिडित दमाई आफनो वस्ने वास समेत नहुदा अरुकै घरमा साहारा लिइरहेका छन ।

धन वहादुर लाई औषधी उपचारको लागी अस्पताल सम्मा पुरयाइदिने आफन्त अहिले कोही पनि भेटीएका छैनन । गरिवीका कारण उनले अहिले सम्मा कुनै उपचार पाउन नसकेर गाँउमै थला परेका छन ।

पेट तथा खुटटा सुनिने रोग वाट पिडित धन वहादर विगत ४ महिना देखि उपचारको पखाईमा छन । उपचारका लागी उनको पर्खाइ निराशामै रहिरहेको छ । उनी अहिले सम्म आफन्त नहुदा उपचारको लागि अस्पताल सम्म पुग्न सकेका छैनन ।

सम्पतीको नाममा एक सिकंो पनि नभएका धन वहादुर कहिले गाँउलेको घर तथा कहिले गोठको छपरामा वस्ने गरेको वताउछन । “विरामी भएको चार महिना भयो , आफुसंग एक पैसा पनि छैन,शरिर भनेको दिन प्रति दिन सुनिदै जान्छ , कहाँ र कसरी उपचार गरु, आफै हिड्न सक्दिन अस्पताल सम्म पु¥याई दिने कोही छैन कसरी उपचार पाउँ” उनले भने ।

उपचारको लागी कतै जाने पनि कोही आफन्त नभएकोले अहिले सम्म अस्पताल सम्म पुग्न नसकी पिडा सहेर वस्नु परेको धन वहादुर वताउछन ।

उनले भने “कसैले अस्पताल सम्म पुरयाएर सहयोग गरे आफनो रोग सन्चो हुन्थ्योकी, अहिले खुट्टा र पेट सुन्निदा हिड्डुल गर्न पनि सक्दिन ,खाना खान पनि मलाई निकै समस्या भएको छ ।”

घरवास र खानेकुरा केही नहुदा यो अवस्थामा मागी मागी पेट पाल्नु परेको धन वहादुरले वताए ।

सरकारले गरिब तथा अति विपन्न नागरिक हरुको लागी निःशुल्क उपचारको घोषणा गरेपनि धनबहादुर त्यस्तो सेवा पाउनबाट बन्चित भएका छन् । आफ्नो घर जग्गा जमिन केही नभएका धनबहादुर अहिले कहिलेकाही छिमेकी कुमारो दमाईको घरमा सरण लिइरहेका हुन्छन ।

उनले आफु संग नागरिकता नभएकोले सरकारले दिने भनेको वृद्ध भत्ता पनि पाउन सकेका छैनन् । नागरिक्ता भएको भए बृद्ध भत्ताबाट पाएको रुपैयाँले आफ्नो उपचारमा सहयोग पुग्ने उनको आश निरासमा परिणत भएको छ ।

धन वहादुरले आफ्नो उपचारमा सहयोग गरी दिन सवै संग आग्रह गरेका छन । सवैको सहयोग भएमा आफुले उपचार पाउने भन्दै सरकारी तथा गैर सरकारी निकाय ,भर्खरै निर्वाचित जनप्रतिनिधी लगाएत सवैमा उपचारमा सहयोग गरि वचाइदिन आग्रह गरेका छन ।