शिक्षा, स्वास्थ्य र सडकलाई प्रथामिकता

0
Shares

अमृत अर्याल,स्याङ्जा ।
अर्जुनचौपारी गाउपालिका वडा नं.५ साविकको आरुचौरले वडा स्तरीय पहिलो परिषद सम्पन्न गरेको छ । परिषदबाट वडामा शिक्षा, स्वास्थ्य र सडकलाई बढी प्रथामिकता रहने गरी बजेट विनियोजन गरेको छ ।

वडाको विकासका लागि ८२ लाख ४५ हजार रकम विनियोजन गरिएको वडा अध्यक्ष ख्यामनारायण खनालले बताउनुभयो । वडा अध्यक्ष खनालका अनुसार पर्यटन, कृषि, सहकारी, उद्योग, खानेपानी तथा सरसफाई, सस्कृति प्रवद्र्धन लगायतको विकासका लागि प्रथामिकतामा रहेका छन् ।

साविकको आरुचौरलाई सुन्दर वडाको रुपमा विकसित गर्ने उदेश्य अनुरुप विषयगत शिर्षकमा बजेट विनियोजनमा ध्यान पु¥याइएको अध्यक्ष खनालको दावी छ ।

ग्रामिण क्षेत्र भएकाले साना खोलानालामा ढुङ्गे साघु, ढल वाला पुल, झोलुङ्गे पुल, गोरेटो बाटो, सडकका ठाँउ ठाँउमा प्रतिक्षलय,विद्युतीकरण लगायत जनताका मागलाई पनि सम्वोधन हुने गरी योजना तर्जुमा गरिएको वडाले जनाएको छ ।

करिव २५ लाख रुपैयाले गाविसको विकास गर्दै आएको साविकको आरुचौर गाविसले अहिले भने करिव १ करोडको बजेटले विकासे योजनामा अगाडी बढेको पुर्व गाविस अध्यक्ष बद्रीप्रसाद पौडेलले बताए ।

वडाले ल्याएको योजनाले सबै विषयगतका विकासलाई समेट्ने काम भएकाले परिषदले पास गरेको योजना प्रंशनीय रहेको पौडेलको भनाई छ ।

परिषदमा नेपाली काँग्रेसका क्षेत्रिय उपाध्यक्ष जनकराज खनाल, वडा सभापति हरीप्रसाद पौडेल, एमालेका बेलबहादुर नेपाली, माओवादीका डिलबहादुर लामिछाने, घण्टे माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, त्रिशहिद माविका प्रअ टेकनाथ खनाल लगायातले वडालाई नमुना बनाउन सवै वडावासी लाग्नु पर्नेमा सुझाव दिनुभएको थियो ।

वडा अध्यक्ष ख्यामनारायण खनालको सभापतित्वमा सम्पन्न परिषदको संचालन वडा सचिव वोलाकान्त पौडेलले र स्वागत वडा सदस्य नरहरी सिग्देलले गर्नुभएको थियो ।