सुन कार्टेलिङ गरेको भन्दै काभ्रे सुनचाँदी व्यवसायी संघमा विवाद

0
Shares

नेपाल समाचारपत्र, काभ्रे ।
काभ्रे सुनचाँदी व्यवसायी संघले सुन कार्टेलिङ गरेको भन्दै विवाद बढेको छ । संघले नै विक्रि वितरण गर्दा बढ िअसुलेको भन्दै व्यवसायीले जिल्ला प्रसासन कार्यालयमा उजुरी समेत दिएका छन् ।

बिहिबार सुनचादी व्यवसायी संघका केन्द्रिय सदस्य एवं काभ्रे शाखाका पुर्व अध्यक्ष रविन शाक्यले जिल्ला संघले विभिन्न नाममा सुन व्यवसायीहरु संग रकम असुलेको भन्दै प्रसासन कार्यालयमा उजुरी दर्ता गराएका हुन । शाक्यले व्यवसायीहरुले कानुन र विधान अनुसार निःशुल्क पाउने पाउनु पर्ने सिफारीसमा रकम असुल गर्ने गरेको बताएका छन् ।

सुनचादी व्यवसायी संघ काभ्रे शाखाको सुन बिक्रि वितरणकोे सबै गतिविधिमा कार्टेलिङ गर्ने काम हुँदै आएको समेत उनले पुर्व अध्यक्ष शाक्यको आरोप छ । बैकबाट आउने शुन्य दशमलब ५० मार्कअप मा २० प्रतिशत कार्टेलिङ गरी संघले राख्ने गरेको समेत शाक्यले बताएका छन्,। उनले काभ्रेका सबै सुन पसलबाट प्रति १० ग्राममा २० रुपिँयाका दरले संघले लिने गरेको बताएका छन् ।

सुन आयात तथा बिक्री बितरण सम्बन्धी पछिल्लो संसोधन सहितको कार्यविधि २०६८ को परिच्छेद १६ को ‘क’ मा बैंकबाट खरीद गरीसकेपछि व्यवसायीहरूले तोकिएको मार्कअप बाहेक जति सुकै तह मार्फत विक्रि वितरण भए पनि मुल्य बढेने गरी थप दस्तुर, सेवा, शुल्क तथा कमिसन लिन पाईने छैन भनि स्पष्ट उल्लेख गरिएको शाक्यले जानकारी दिनुभएको छ । तर जिल्ला संघले नियम बिपरीत काभ्रेका सबै सुन पसलबाट सो सेवा लिए बापतको छुट्टै रकम असुल गरिरहेको छ ।

यस्तै परिच्छेद १४ मा क्रमिक रुपमा उपलब्ध गराउनुपर्ने भनि लेखिएको छ । यस भित्र नेपाल सरकारको सम्बन्धीत निकायमा प्रचलित कानुन बमोजिम दर्ता भई स्थायी लेखा नम्बर प्राप्त गरेका व्यवसायीहरूले आफू आबद्ध रहेको संघबाट कोटाको आधारमा क्रमबद्ध रुपले सुन बिक्रिको सिफारीस प्राप्त गर्नुपर्ने छ ।

सुन विक्रिको लागी सिफारीस गर्दा अपनाईएको प्रक्रिया पारदर्शी हुनुपर्दछ, आफ्ना संघका सदस्यहरूलाई सिफारीस गर्दा क्रम अनुसार सिफारीस गर्नुपर्दछ । यसरी सिफारीस गर्दा कुनै पनि प्रकारको सिफारीस दस्तुर वा शुल्क लिन पाईने छैन ।

संघ संस्थाले अपनाएको प्रक्रिया तथा पद्धतिबारे समय –समयमा नेपाल राष्ट्र बैकंले अनुगमन गर्न र निर्देशन दिन सक्नेछ तर बाँणीज्य बैंकले आयत गरेको सुन १५ दिन सम्म पनि सम्बन्धीत संघबाट सदस्यहरूलाई सिफारीस हुन नसकी बिक्रि हुन नसकेको अवस्थामा बाँणीज्य बैकहरूले यस कार्यविधि अन्तर्गत योग्यता पुगेका सुन व्यवसायीलाई निवेदनको क्रमानुसार सोझै बिक्रि गर्न सक्नेछ भनिएको छ ।

तर जिल्लासंघ काभ्रेले भने प्रति सिफारीस ५ हजार रुपैया लिने गर्दै आएको छ । यस बिषयमा सुनचादी व्यवसायी संघ काभ्रेका दानकाजी शाक्य भन्छन्– संघको निर्णय प्रती हामिहरु चल्नुपर्छ । अहिले आफुहरूले सिफारीस नदिएको स्विकार गर्दै उनले भने– यस अघि आफुहरूले दिएको सिफारीस फिर्ता पठाएको हुनाले अहिले नदिएको हो ।

 

वर्तमान अध्यक्ष शाक्यले पुर्व अध्यक्षको व्यक्तिगत निर्णयमा संघलाई नै बषौँ देखि बन्धक बनाउने काम गरेको आरोप समेत लगाएका छन् । पुर्व अध्यक्षकै समयमा प्रति सिफारिस ३ हजार रुपैया लिने गरेकोमा हाल बढाएर ५ हजार रुपैया लिने गरेको उनको भनाई थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रजिअ शिव सिंखडाले संघ विरुद्ध उजुरी परेको भन्दै यो प्रविधिक बिषय भएको कारणले अनुसन्धान गरीरहेको बताएका छन् ।