परीक्षा लिन आएका अध्यक्ष बेपत्ता

0
Shares

हेटौंडा, (नेस) प्राथमिक तहको राहत अनुदान कोटामा एक शिक्षक छनौट गर्न प्रधानाध्यापक र कान्छी छोरीस“गै हेटौंडा आएका विद्यालयका अध्यक्ष ‘बेपत्ता’ भएपछि परीक्षा अन्यौलमा परेको छ । उनी कहा“ गए भन्नेमा विद्यालयकी प्रधानाध्यापक नै बेखबर बनेकी छन् ।

बिहीबार विहानका लागि स्रोतकेन्द्र हेटौंडामा केन्द्र तोकिएको परीक्षा लिएर शिक्षक छनौट गर्न बकैया गाउ“पालिका–१२, ठिंगनमा रहेको कालीदेवी प्राविका अध्यक्ष करिब ५५ वर्षीय सञ्चारसिंह न्यासुर, प्रअ चमेली लामा र न्यासुरकी छोरी सोही विद्यालयको ३ कक्षाकी विद्यार्थी कानीमाया बुधबार दिउ“सो करिब १२ बजे हेटौंडा झरेका थिए ।

गाडीबाट झरेर आफूले भाडा तिर्दै गर्दा अध्यक्ष न्यासुर आफूलाई केही नभनी बेपत्ता भएको प्रअ लामाले बताइन् । प्रत्यक्षदर्शीको भनाइका आधारमा आफूले १२ नम्बर वडा अध्यक्ष रामबहादुर मुक्तानलाई फोन गर्दा मुक्तानले न्यासुर आफूस“ग रहेको र राति पनि स“गै बस्ने बताएको प्रअ लामाको भनाइ छ ।

विहान परीक्षा केन्द्रमा आफूले ल्याइदिने बताएका मुक्तानलाई बिहीबार विहान करिब ७ बजे फोन गर्दा ‘खै कहा“ जानु भयो, मलाई थाहा छैन’ भन्ने जवाफ दिएको प्रअ लामाले दाबी गरिन् ।

परीक्षा संयोजकसमेत रहेका न्यासुर बेपत्ता भएपछि प्रअ लामाले जिल्ला शिक्षा कार्यालय र स्रोतकेन्द्रमा पत्र टा“स्दै अध्यक्ष बेपत्ता भएको र विभिन्न माध्यमबाट सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन नसकेको जनाएर अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएकी छन् ।

एक शिक्षकका लागि २५ जनाको आवेदन परेको थियो । परीक्षाको तयारी अवस्थामा आएका परीक्षार्थीहरु अचम्मित हु“दै फर्किएका थिए ।