प्रतिबन्धित भारुको अझै रोकीएन अबैध कारोबार, ४९ लाख ५० हजारसहित दुई पक्राउ



काठमाडौँ । प्रतिबन्धित भारतीय रुपैयाँ ४९ लाख ५० हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडौं स्वयम्भु बस्ने अमित डंगोललाई मङ्गलबार खुशीबु लिंङ्क रोडबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट भारु एक हजार दरको तीन हजार एक सय वटा र भारु पाँच सय दरको तीन हजार सात सय वटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।

नेपाल तथा विशेष गरी भारतबाट नेपालका विभिन्न नाकाबाट अवैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको भारु पाँच सय र भारु एक हजार का नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग, पुल्चोक ललितपुरमा बुझाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्