उद्दारमा खटिंदा ज्यान गुमाउने प्रहरी जवानको सम्मानका साथ अन्त्येष्टी

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।  फेवातालको सिरान हर्पनखोलामा नदीमा डुबेका युवाको खोजी गर्ने आँफै पानीमा डुबेर मृत्यु भएका पर्वत ठूलीपोखरी घर भई कास्कीमा कार्यरत प्रहरी जवान बलबहादुर कुँवरको प्रहरी सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पर्वतको कुस्मा स्थित मोदीबेणी घाटमा उनको अत्येष्टी गरिएको हो ।

नेपाल प्रहरीको बिपद् उद्दार कार्यदलमा कार्यरत कुवँरको  कुस्माबजारको  बड्गाउँबाट शुरु भएको शबयात्रा मोदीबेणीमा पुगेको थियो । अञ्चल प्रहरी कार्यालय बाग्लुङ्गका प्रहरी बरिष्ठ उपरिक्षक विक्रम गुरुङ्ग, पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल सहितको उपस्थितिमा प्रहरी सम्मानका साथ अन्तेष्टी गरिएको थियो ।

मृतक प्रहरी जवान कुवँरले विपद् उद्धार टोलीमा रहेर धेरै जनाको ज्यान बचाएका थिए भने  उद्दारमा दिलो ज्यान दिएर आँफूलाई अब्बल साबित गरेका थिए । उनले फेवातालमा डुबेका धेरै जनालाई जीवितै उद्धार गरेका थिए ।  विभिन्न विपदका घटनामा वेपत्ता बनेकाहरुलाई जीवित तथा मृत उद्धार गरेका थिए । २६ वर्षिय कुँवर २०६६ सालबाट नेपाल प्रहरीमा कार्यरत रहेका थिए ।

पोखरामा यसरी भएको थियो घटना
पोखरा लेखनाथ महानगरपालिका–१८ चखंपुरस्थित हर्पन खोलाले सोमबार नदीपुर बस्ने २४ बर्षीय ललित पुन र २४ बर्षीय ईन्द्र पुनलाई बगाएको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा खोलाको दहमा डुबेर कुँवरको मृत्यू भएको प्रहरीले जनाएको छ ।

कास्कीको हर्पन खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यू भएका दुई जनाको लाश खोजी गर्ने क्रममा प्रहरीले सोमबारदेखि प्रयास गरिरहेको थियो । प्रहरी जवान कुँवरले मंगलबार बिहान अथक प्रयासपछि एक जनको लाश निकाल्न सफल भए सोही लाश भएको ठाउँमा अर्को लाश पनि हुनसक्ने भन्दै कुँवरले धेरैपटक खोज्ने प्रयाश गरेका थिए ।

उद्धारका लागि गएका टोली कमान्डरले बिना कुनै तयारी खोलामा पस्न निर्देशन दिएपछि उनी खोलामा हाम फाले सामान्य अवस्था जस्तै उनले खोलमा हामफालेपछि उनी पनि वेपत्ता बने । सेफ्टी कुनै साधन प्रयोग गरेका भए उनको यस्तो अवस्था नआउने सहकर्मीहरुको भनाई छ ।

खोलामा तथा तालमा ६ मिनेटसम्म डुबेर खोज्न सक्ने उनी करिब १५ मिनेटसम्म बाहिर नआएपछि स्थानीयवासीले १ जना प्रहरी बेपत्ता भएको जानकारी दिएपछि मात्रै उनको खोजी भयो । उनको उद्धार समेत समायमा नहुँदा मृत्यू भएको प्रत्यक्षदर्शीको भनाइ छ । खोलामा पसेपछि उनी पनि हिलामो गाडीएर मुख नाकमा लेदो भरिएपछि मृत्यू भएको बताईएको छ ।घटनमा प्रहरी कमजोरी भएको र प्रहरीले आफ्नै साथीको समेत उद्धार गर्न नसकेको परिवारको आरोप छ ।