हिउदको पानीको जोहो गर्ने घैटे टंकी

0
Shares

कविराज नेपाल, पाल्पा ।

पहाडि जिल्ला पाल्पाको जिल्ला सदरमुकाम तानसेन मात्रै होइन विभिन्न गाउपालिकाहरुको डाँडामा वस्ती भएका क्षेत्रका जनताले भोग्ने गरेको साझा समस्या हो पानी । वर्षातको वेला जसोतसो निर्वाह गरेपनि हिउदमा यो समस्या टड्कारो देखिन्छ । त्यसैले यहाका जनताले जुक्ति निकालेका छन । वर्षातको पानी संकलन गर्ने हिउदमा पानीको दुख नहोस भनी वर्षातको पानीलाइ संकलन गरी हिउदमा प्रयोग गर्ने प्रविधी घैटो कार्यक्रम पाल्पाका विभिन्न ठाउमा पछिल्लो समय प्रभावकारी र लोकप्रिय वन्दै गएको छ ।
खानेपानीका लागि समस्या झल्दै आएका जिल्लाका एक दर्जन भन्दा बढी साविक गाउविकास समितीका जनतालाई बर्षातको पानी सङ्कलन गर्ने प्रविधि घँटौ टंकी अत्यन्त उपयोगी सावित हो । यसलाइ पिउनकालागि खासै उपयोग नगरिए पनि सरसफाइ र अन्य प्रयोजनकालागि उपयोग गर्ने गरिन्छ । जसले गर्दा गृहणी र परिवारको दुःख हटेको छ ।