गायिका भुमिका अव मोडल पनि

0
Shares

रुकुम, नेस ।
गायिका भुमिका गिरीलाई अव गायिका मात्र भनियो भने गलत साबित हुन्छ । उनलाई अव मोडल पनि भन्न बाध्य उनले आफै पारेकी छन । उनले आफुले आफै मोडल भन्नुस भनेकी होइनन् । उनले गरेको अभिनयले उनलाई गायिका मात्र भन्न सुहाउँदैन । पछिल्लो समय निकै मिठा मिठा गित गाएर चर्चाको शिखर चुम्न सफल गायिका भुमिका गरीले पछिल्लो पटक ल्याएको तिज गितमा आफै अभिनय गरेकी छन ।

उकृष्ट शब्द रचना गर्नुका साथै मिठो लय बनाउन खपिस गायक पशुपति शर्माले पछिल्लो समय सुमधुर स्वरकी धनि गायिका भूमिका गिरीकालाई साथ दिएका छन । ‘दियौ चुरोट’ बोलको गीत हालै मात्रै सार्बजनिक भएको छ । भूमिका गिरी र पशुपति शर्माको आवाजमा रहेको उक्त गीतको शब्द संगीत शर्मा स्वयमको हो ।

मौसम हिमालको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा कलाकारहरु निकेश शर्मा र गायिका स्वयं भूमिकाले नै अभिनय गरेका छन । प्रविन भट्टको सम्पादनमा दुर्गा पौडेलले छायांकन गरेका हुन भने गीत तथा भिडियोलाई आशिष म्युजिकले बजारमा ल्याएको छ ।

 

भिडियो