जनप्रतिनिधिलाई अख्तियारको निर्देशन– भ्रष्टचार नगर्नुस

0
Shares

उत्तम नेपाल, भद्रपुर
स्थानीय तहको दोस्रो निर्वाचनवाट भरखरै निर्वाचित भएका झापाका जनप्रतिनिधिलाई भ्रष्टचार नगरि आफ्नो जिम्मेवारी सहज ढंगले अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले निर्देशन दिएको छ ।

आयोगले झापाको भद्रपुरमा वुधवार आयोजना गरेको भ्रष्टचार नियन्त्रणमा आयोगको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो निर्देशन दिएको हो ।
राज्यको सम्पूर्ण अधिकार जनप्रतिनिधिको काँधमा आएकोले स्थानीय स्तरमा जुनसुकै काममा हुने गरेको भ्रष्टचार नियन्त्रण गरि स्वच्छ र पारदर्शिता झल्कने तरिकाले काम गर्न हुन आयोगका इटहरी प्रमुख प्रेम प्रसाद भट्टराइले अनुरोध गरेका छन् । शिक्षा,स्वास्थ्य, खानेपानी,सडक लगायत विकास निमार्णका काममा भ्रष्टचारको जरो गाडिएकोले अबका निर्वाचित जनप्रतिनिधिले निर्मुल बनाउन सुझाव समेत दिएका छन् ।

देश विकासमा राजनैतिक दल बाहेक अन्यले विकास गर्न नसक्ने बताउदै अबका दिनमा विकास सगै भ्रष्टचार उन्मुलन हुने आशा राखिएको भट्टराईको भनाई छ । निर्वाचित जनप्रतिनिधिलाई ध्यानमा राखेर झापामा पहिलो चरणको कार्यक्रम तय गरिएकाले केहि महिना पछि शुसासन प्रबद्र्धन तथा भ्रष्टचार नियन्त्रण सम्बन्धि जनप्रतिनिधि र कर्मचारीलाई छुट्टा छुट्टै अन्तरक्रिया गराइने आयोगले जनाएको छ । अन्य जिल्लाको तुलनामा झापा सन्तोषजनक रहेपनि जनता भने सो अनुरुप नदेखिएको आयोगको ठम्याई छ ।