असारे कामसँगै रुकुमेलीलाई पुर्ण सरसफाईको चटारो

0
Shares

धनवीर दाहाल, रुकुम । यतिबेला असारे कामले जति जति चाप दिइरहेको छ त्यति नै रुकुमलाई अर्काे एउटा कामले निकै चाप दिएको छ । जुन काम हो रुकुमलाई पुर्ण सरसफाई जिल्ला बनाउने । सन् २०२० भित्र रुकुम जिल्ला लाई पुर्ण सरसफाईयुक्त जिल्ला निमार्णको अभियानमा यतिबेला रुकुमका सरोकारवाला निकायहरु निकै तम्सीएका छन् । स्थानीयहरुले पनि बिभिन्न समुह निमार्ण गरेर सरसफाई अभियान चलाइरहेका छन् । आफ्नो व्यक्तिगत सरसफाई सँगै वातावरणिय सरसफाईमा आफुहरुले ध्यान दिएको स्थानीयको भनाई छ ।

पुर्ण सरसफाईका बिषयमा केही देखिएका चुनौतीलाई पनि रुकुमका सरोकारवालाहरु डटेर सामाना गर्ने भएका छन् । केही चुनौतीहरु केन्द्रीय स्तरका भएकोले केन्द्रबाटै समाधानको बाटो खोजिने भएपनि जिल्ला स्तरबाट पनि जिल्ला स्तरका चुनौतीलाई सामाना गर्दै तोकिएको समयमा बिभिन्न टोल, वडा तथा गाँउपालिका र जिल्लालाई पुर्ण सरसफाईयुक्त बनाएरै छाडिने प्रतिबद्धता जनाएका छन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समुन्वय समितीका सदस्य सचिव एवं जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालय रुकुमका प्रमुख बिकेश बधानथाछेले जिल्लालाई तोकिएकै समयमा पुर्ण सरसफाईयुक्त बनाउनका लागी कार्ययोजना अनुसार सबै लाग्नुपर्ने बताउनुभयो ।

 

ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिती फण्डबोर्डको सहयोगमा नियो नेपाल, आरबिडिपी, जनजागरण मञ्च रुकुम तथा एसएनभि र पहल कार्यक्रमको सहयोगमा रुकुमेली समाज विकास केन्द्र लगाएतका निकायले पनि समन्वय गर्दै पुर्ण सरसफाईको अभियानलाई तिब्र बनाएका छन् ।

जिल्ला स्तरको अनुगमन टोलीले र गाँउपालिका स्तरको अनुगमन टोलीले अनुगमन गरेका केही गाँउपालिका र वडाहरुमा सरसफाईका सबै सुचक पुरा गर्नुपर्ने भएकोले सहयोगी निकाय फण्डबोर्ड, एसएनभि, पहल लगाएतको निकायलाई कार्यक्रम अझै थप गर्न अनुरोध समेत गरेको छ ।

 

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमले जनप्रतिनिधिहरुलाई पनि पुर्ण सरसफाईको तालिम गर्ने भएको छ । कार्यालय प्रमुख बधानथाछेका अनुसार केही सदस्यहरुलाई तालिम दिइसकिएको छ । अव साउन भदौतिर प्रमुख उपप्रमुखलाई पनि तालिमको व्यवस्था गरिएको उहाँको भनाई छ । यसै गरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमले होटल व्यवसायी देखी गाडी चालक सम्मलाई सरसफाईको तालिम सम्पन्न गरिसकेको छ ।