पनौती रंङ्गशाला निर्माणको विवाद,मेयरको निर्णय प्रति वडा अध्यक्ष आक्रोशित

0
Shares

नेपाल समाचारपत्र,काभ्रे ।
काभ्रेको पनौतीमा रंङ्गशाला निर्माणमा पुन नक्सा बनाउने क्रममा पनौति नगरपालिकाका मेयर भीम न्यौपानेले सम्बन्धित वडाका वडा अध्यक्ष रामचन्द्र नास्नानीलाई समेत गुमराहमा राखि सार्वजनीक बाटो बन्द गर्न खोजेपछि विवाद फेरी बल्झीएको छ ।

एकसाता अघि खेलकुद विभागले नगरपालिकामा गरेको छलफलमा भएको सहमति विपरित मेयरले एकलौटी ढंगले रंङ्गशाला निर्माण स्थल नजिकै बसोबार गर्ने कणेल परिवारले प्रयोग गर्दै आएको सार्वजनीक बाटो बन्द हुने गरि नक्सा तयार पार्न इन्जिनियरलाई निर्देशन दिए लगत्तै फेरी विवाद उत्पन्न भएको हो ।

यस अघि रंङ्गशाला निर्माणको लागि तयार पारिएको नक्सामा निजी जग्गा पनि परेको र सम्बन्धित जग्गा धनीसंग सहमति नगरेको कारण विवादले उग्र रुप लिएको थियो । प्रक्रियानै नपु¥याई गुरुयोजना बनाएर टेण्डर आव्हान गरि निर्माण भेरहेको रंङ्गशाला विवादको मुद्धा सर्वोच्च अदालत सम्म पुगेको थियो । सर्वोच्च अदालतले निजि जग्गामा रंङ्गशाला नबनाउन आदेश दिएको थियो ।

रंङ्गशाला बनाउन तयार पारिएको गुरुयोजनामा पनौती नगरपालिका–७ स्थित करिव ४५ रोपनी सार्वजनीक जग्गा संगै स्थानिय गणेश कुमारी कणेल र नानी गिता कणेलको नाममा १७ रोपनी १४ आना २ पैशा जग्गा पनि परेपछि विवाद उत्पन्न भएको हो ।

सम्बन्धित जग्गा धनीले आफुहरुसंग सहमति नै नगरी झुक्याउने तरीकाले एकाएक टेण्डर आव्हान गरेको आरोप लगाउदै शुरुदेखिनै विरोध गर्दै आएका थिए ।

रंङ्गशाला निर्माणका क्रममा देखिएको विवाद मिलाउन पनौति नगरपालिकाको खेलकुद विभागका संयोजक ईश्वर जंगमको संयोजकत्वमा डेढसाता अघि नगरपालिका कार्यालयमा बसेको बैठकमा जग्गाधनीका तर्फबाट कणेल परिवारका सुदीपराज कणेलले पहिलेदेखि खेली आएको चौरपट्टिको भाग नगरपालिकाको नाममा पास गरेर दिने सहमति भएपछि विवाद मिलेको हो ।

प्रक्रिया पु¥याएर रंगशाला निर्माण हुनुपर्छ भन्ने पक्षमा आफुहरु भएकोले आफ्नो स्वामित्वमा रहेको केहि जग्गा पनौति नगरपालिकालाई दिने प्रस्ताव गरेको कणेल परिवारका सुदीपराज कणेलले बताउनु भएको छ ।

रंङ्गशाला निर्माण कार्यमा जुटेको पनौती नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले प्रक्रिया नपु¥याई टेण्डर आव्हान गरेको भन्दै सम्बन्धित जग्गा धनीले विरोध जनाएपछि पुनरावेदन अदालत पाटनले समेत कानुन बमोजिम जग्गा प्राप्त नभएसम्म उक्त १७ रोपनि १४ आना २ पैशा जग्गाको हदसम्म निर्माण कार्य नगर्नु नगराउनु भनि अन्तरीम आदेश दिएको थियो । यस पछि पुन सर्वोच्चमा परेको मुद्धामा पनि अदालतले जग्गा धनीको पक्षमा फैसला गरेको थियो ।

स्थानियबासिन्दाको बाटो नै बन्द गरेर नक्सा बनाउन हुदैन, सार्वजनीक बाटो उपयोग गर्न पाउनु उनिहरुको अधिकार हो भन्दै पनौती नपा वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले नेपाल समाचारपत्रसंग भन्नुभयो– कणेल परिवारको घरजग्गामा जाने बाटो बन्द गर्ने बारे पनौति नगरपालिकाका मेयरले म संग कुनै सल्लाह गर्नुभएको छैन ।

आफ्नो वडाका बासिन्दाहरुको पिरमर्कालाई मैले संबोधन गर्नु पर्छ भन्दै उहाले बाटो बन्द गर्ने मेयरको एकलौटी निर्णय भएको बताउनु भएको थियो ।

पनौति नगरपालिकामा यस अघि भएको छलफलमा कणेल परिवारले रंङ्गशाला निर्माणको लागि आफ्नो स्वामित्वमा रहेको खाल्टो र बोट विरुवा भएको भाग बाहेक चौर पट्टीको भाग नगरपालिकालाई दिने र नगरपालिकाले रोक्का गरिएको कणेल परिवारको घरजग्गा फुकुवा गर्ने र जग्गा सम्म जानको लागि बाटोको व्यवस्था मिलाईदिने सहमति भएको थियो ।

रङ्गशाला निर्माणको गुरुयोजनामा परेको कणेलको १३२ कित्ता नम्बर रहेको १७ रोपनी १४ आना २ पैशा जग्गा २०३३ सालमा नापी भएको हो ।

कणेल परिवारका सदस्य सुदिपराज कणेलका अनुसार पनौति नगरपालिकाका मेयरले ५० लाख रुपैयामा सबै जग्गा दिए नगरपालिका लिन तयार भएको र घरसम्म जाने पिच बाटो पनि बनाईदिने भन्दै अन्यथा अहिले प्रयोग गरिरहेको बाटो पनि बन्द गरिदिने धम्की दिएका छन् ।

सार्वजनीक संरचना बनाउदा नीजि जग्गा लिनुपरे सम्बन्धित जग्गाधनीको सहमति लिनुपर्ने अथवा जग्गा प्राप्ती ऐन अनुसार अगाडी बढ्नु पर्ने हुन्छ । साथै दर्ता खारेजीको प्रक्रियामा जादा जालसाचि गरि जग्गा हड्पेको प्रमाणित हुनुपर्छ ।