प्रचण्ड आज थाइल्यान्ड जाँदै



नेपाल समाचारपत्र,काठमाडौ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार थाइल्यान्ड जाँदै हुनुहुन्छ। आफ्नो पत्नी सीता दाहालको उपचारका लागि उहाँ त्यसतर्फ जान लाग्नुभएको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ।

प्रचण्ड आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्