मुख्य सचिव डा. सोमलाल सुवेदीको बिदाई, बरिष्ठ सचिव केदारबहादुर अधिकारीलाई निमित्तको जिम्मेवारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । मुख्य सचिव डा. सोमलाल सुवेदीको बिदाई भएको छ । मुख्य सचिव सुुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै बरिष्ठ सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिदै मंगलवार देखि सिंहदरबार छोडेका छन् ।

मुख्य सचिव सुवेदीले मंगलवार देखि विदा लिए पनि सरकारले नयाँ मुख्य सचिव भने बनाउन सकेको छैन । मुख्य सचिव नियुक्ति प्रक्रिया केहि दिन लम्विन सक्ने स्रोतले बतायो । हाल मुख्य सचिवको प्रमुख दावेदार मानिएका सचिव धनबहादुर तामाङको सम्भावना भने मंगलवार देखि नै सकिएको छ ।

उनी मंगलवार नै सेवा निवृत्त भए । यद्यपि अर्का वरिष्ट सचिव राजेन्द्र किशोर क्षेत्रीको सम्भावना भने टरेको छैन । उनी यहीँ २ साउनमा सेवा निवृत्त हँुदैछन् । यसैगरी मुख्य सचिव हुने दौडमा वरिष्ट सचिवहरु शान्तराज सुवेदी, शान्त वहादुर श्रेष्ठहरुको दौडधुप भने जारी रहेको छ ।

एडिवीको उपकार्यकारी निर्देशकमा नेपाल सरकारबाट मनोनयन भइसकेका उनी एडिवीको जागिर खान सुबेदी वुधवार त्यस तर्फ उड्ने भएपछि पद छोडेका छन् । आगामी १ साउन देखि उनले एडिवीको उपकार्यकारी निर्देशकको रुपमा मनिलामा नै रहेर जागिर शुरु गर्ने छन् ।