फरार सुचीका अपराधी खुलेयाम, जेल सजायको फैसला भएका वन अधिकृत सरकारी कार्यालयमा

0
Shares

नेपाल समाचारपत्र, बारा ।
अदालतले जेल फैसला गरेका एक दोषी कर्मचारी सजाय भुक्तान बिना नै लामो समयदेखि जिल्ला वन कार्यालय बारामा कार्यरत रहेका छन । जिल्ला अदालत कपिलवस्तुबाट १० महिना जेल सजायको फैसला भएका सहायक वन अधिकृत शशीकान्त तिवारी अदालतको आदेस अटेर गरी इलाका वन कायालय रतनपुरमा कार्यरत रहेका हुन ।

जिल्ला वन कार्यालय कपिलवस्तुमा रहदा काठ चोरी तस्करीमा संलग्न अभियोगको मुद्दामा जिल्ला अदालत कपिलवस्तुले ०७२ साल भदौंमा तिवारीलाई ६ महिना जेल सजायको फैसला सुनाएको थियो । तिवारीले गरेको पुनरावेदनमा बुटवल पुनरावेदन अदालतले पनि ०७३ मंसिरमा जिल्ला अदालतको फैसलालाई नै सदर गर्दै दोषि ठहर गरेको छ ।

मुद्दाको अवस्था र कार्यान्वयको लागि जिल्ला अदालतले पुनरावेदन फैसला लगत्तै वन कार्यालयमा मिसिल सहित जानकारी पठाइसकेको बताइएको छ । तर कारवाही अघि बढाउनुको साटो कार्यालयले सहायक वन अधिकृत तिवारीलाई संरक्षण गर्दै आएको छ । जिल्ला अदालत कपिलवस्तुमा मुद्दा विचाराधिन रहेको अवस्थामा तिवारी डेढ बर्षअघि सरुवा मिलाएर बारा आएका हुन । इलाका वन कार्यालय रतनपुरीमा कार्यरत तिवारी जिल्लामा आएपछि पनि वन तस्करी आरोपमा पटकपटक विवादमा तानिएका छन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेन्दबाबु रेग्मी अदालतको फैसला बारे आफुहरुलाई कुनै जानकारी नभएको तर संवन्धित निकायबाट जानकारी प्राप्त भएको खण्डमा त्यस्ता व्यक्तिलाई फरार अपराधिको सुचीमा राखी तत्काल पक्राउ गरी कानुन अनुसार सजाय भुक्तान गराइने बताउछन ।
फरार सुचीका अपराधी शशीकान्त तिवारी