गुल्मी र बाग्लुङ्ग सिमानामा वेवारिसे सव फेला

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मी र बाग्लुङ्ग सिमानामा नजिक बागलुङको पश्चिम बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ बजार नजिकै वडिगाड नदि किनारमा बेवारिसे सव फेला परेको छ । सोमवार खोल किनारमा भेटिएको वेवारिसे सवको पहिचान हुन सकेको छैन ।

स्थानियले नदिमा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको अनुसन्धानको लागी बाग्लुङ्ग इलाका प्रहरी कार्यालय हरिचौर वाट प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा आएको टोलीले शव खोला वाट निकालेको थियो ।

शबलाई प्रहरीले पोष्टमाडको लागी बाग्लुङ्गको हटिया लगिएको प्रहरीले जनाएको छ । अर्धवैंसे महिलाको सव हत्या गरी फालिएको हुन सक्ने प्रराम्भीक अनुसन्धान रहेको छ । फेला परेको शब बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।