गुल्मी थुनियो, रिडी–रुद्रवेणी–वामीटक्सारसहित एक दर्जन सडक अवरुद्ध


अनिल खत्री, गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गए रातीदेखि अवरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्र्तगत सत्यवती गाउँपालीकाको उर्लीखोला, डहरे खोला, बादरे भीर र चिउरेनी भीर लगायतका दर्जनौ ठाउँमा पहिरो खसेका कारण सडक अबरुद्ध बनेको छ ।

जिल्लामा सवै भन्दा बण्ी सवारी साधनहरु संचालन हुँदै आएको अति व्यस्त उक्त सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रवाट पाल्पा, बुटवल र काठमाण्डौसम्म छुट्ने सवारी साधनहरु संचालनमा आउन सकेका छैनन् । पानी परिरहेको र माथिवाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको र मानिसहरुलाई पैदल हिड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताउनु भएको छ ।

पहिरो गएका कारण गएरातिदेखि गुल्मीको मुसिकोटदेखि तम्घास सडक खण्ड समेत अवरुद्ध बनेको छ । अविरल वर्षका कारण बर्षाले गुल्मी जिल्लाका तीन दर्जन भन्दा वढी ग्रामिण सडक समेत अबरुद्ध बनेका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट जिल्लाको इस्मा,अर्जै,सिमलटारी, पुर्कोटदह,पौदीअमराई,नेटा लगायतको स्थानमा पुग्ने कच्ची सड्क बिग्रीएकाले सवारी साधन सञ्चालन बन्द भएका छन् । ग्रामीण भेगका कच्ची सड्क वर्षातको पानीले बगाउँदा सड्कमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सड्क जोखिम बनाएको छ ।