सप्तरीका बाढीपीडितलाई एमालेको सहयोग

0
Shares

 

काठमाडौँ, २६ असार । नेकपा (एमाले) ले सप्तरीका बाढीपीडितका लागि राहत सामग्री वितरण गर्न टोली पठाएको छ ।

प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीको नेतृत्वमा आज एक टोली त्यसतर्फ गएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७० थान टेन्ट, ७०० थान त्रिपाल, दुई हजार ४०० थान रेनकोट, ९०० थान झुल, ९०० थान म्याट र ५१ बोरा लत्ताकपडा वितरणका लागि पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा पार्टीले बाढीपीडितलाई राहत वितरण गर्ने उहाँले बताउनुभयो ।

यही असार १६ गतेको वर्षाका कारण सप्तरीका विभिन्न स्थानमा भएको डुबान, कटानले करिब एकहजार ५०० घर डुबानमा परेका थिए । तिरहुत, रुपनी र तिलाठी कोइलाडी गाउँपालिका तथा कञ्चनरुप, राजविराज र सप्तकोशी नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परेका थिए । रासस