पाल्पामा यात्रुले खचाखच जीप खोलाले बगायो– चार वेपत्ता, एकको उद्धार

0
Shares

कविराज नेपाल, पाल्पा । विहेको भोजबाट फर्कदै गरेको एउटा जीप खोलाले वगाउदा त्यसमा सवार चारजना वेपत्ता भएका छन भने एकजनाको उद्धार भएको छ । तानसेन नगरपालिका ९ र माथागढी ३ को वीचमा पर्ने अम्लिहान भन्ने ठाउमा जीप आइतवार राती करिव १ः ३० वजे खोलाले वगाएको हो ।

पाल्पा माडी फाँटमा बगेको तिनाउँखोलाले लु १ ज १२१७ नम्वरको जिप बगाउदा ४ जना वेपत्ता भएका हुन भने एह जनाको जीवितै उद्धार गरिएको हो । वेपत्ता हुनेमा दुइ पुरुष र दुइ महिला रहेका छन । बेपत्ता हुनेमा तानसेन १ भुसालडाडा की २९ बर्षिय उषा श्रेष्ठ, बगनासकाली गाउँपालिका वडा नंं ३ नायरका ४० बर्षिय पदम बहादुर कुवँर, माथागढी गाउँपालिका वडा नं. १ चिदिपानीका ५१ बर्षिय तिलबहादुर गाहा उनको श्रीमती ४० बर्षिया माया गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।