लुम्बिनी विकास बैंकको एकीकृत कारोबार शुरू

0
Shares

काठमाडौं, (नेस)
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी आइतबार एक आपसमा गाभिएर आइतबारदेखि लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरू भएको छ।
आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंकको एकीकृत कारोबार शुरू गर्नुभयो। गाभिएपश्चात बनेको लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान काठमाडौंस्थित डिल्लीबजारमा रहेको छ।

बैंकको सञ्चालक समिति ६ सदस्यीय रहेको छ भने समितिको अध्यक्षमा सुशीलराज पराजुली तथा बैंकको प्रमुख कार्यकारी अधिकृत साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल रहनु भएको छ।

गाभिएपश्चात बैंकको तत्काल चुक्ता पुँजी २ अर्ब ८८ लाख पुगेको छ भने ३६ करोड ३० लाख पुँजी समायोजन जगेडा कोषमा रहेको छ। मर्जलगत्तै चुक्ता पुँजीको १० प्रतिशतका दरले हकप्रद शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसारको चुक्ता पुँजी पुर्याइने छ।

यसैगरी गाभिएपश्चात संस्थाको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अर्ब ५८ करोड पुगेको छ भने देशभर ४९ वटा शाखा सञ्जाल तथा १२ वटा आफ्नै एटीएमबाट २१ जिल्लामा बैंकिङ सेवा सुविधा उपलब्ध हुनेछ।