ग्लोबल आईएमई बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई गाभ्यो

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं

बल आईएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ। आइतबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त कारोबार सञ्चालनको समुद्घाटन गर्नुभयो। ११ वर्ष अघि स्थापित राष्ट्रियस्तरको रिलायवल डेभलपमेन्ट बैंकले ग्रामीण स्तरसम्म १७ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको र उक्त बैंकको ८ अर्ब निक्षेप, ७ अर्ब कर्जा तथा १ अर्ब १ करोड रुपियाँ चुक्ता पुँजी रहेको थियो।

ग्लोबल आईएमई बैंक नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नीतिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गर्ने बैक रहेको छ। यस प्राप्तिपश्चात ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपियाँ पुगेको छ भने कुल निक्षेप ९७ दशमलव ७० अर्ब, कर्जा लगानी ८२ अर्ब, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटीएम ११४, एक्सटेन्सन काउन्टर ५ वटा, ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाखभन्दा बढी पुगेको बैंकले जनाएको छ।

२०६३ पुस १८ गते स्थापना भएको ग्लोबल आईएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकलाई अझ बिस्तारित रूपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एन्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंँग मर्जर तथा प्राप्ति गरिसकेको छ।