हाउभाउ


प्रधानमन्त्री शेबदेलाई बाढीपीडित क्षेत्रमा जान कसले सुझाए राम्रै सुझाए। तर, उहाँको हाउभाउ कटाक्ष भने चार पटक प्रधानमन्त्री भएको मान्छेको हो भनेर कसैले पनि विश्वास गर्ने खालको देखिएन।

उहाँले पनि अझै नजान्नु र प्रधानमन्त्रीका निकट हुँ भन्नेले पनि ख्याल नगर्नुले देउवालाई आफ्नैले अप्ठेरो पार्ने भए भन्ने संकेत यो धरहराले पाएको छ।

पीडितहरुको दुःख, दर्द बुझ्न गएका प्रधानमन्त्री ठाँटका साथ माला लगाएर हिँड्ने कि नहिँड्ने ? उहाँ आफ्नै स्वागत कार्यक्रममा जानुभएको हो कि पीडितलाई सहयोग गर्न जानुभएको हो ? हैट, यति सम्म त ख्याल गर्नु नि होउ।

कस्तो नजानेको होला ? हेर्नुस् त, पाठकवृन्द तस्वीरमा शुक्रबार सप्तरीमा देखिएको प्रमको हाउभाउ। हुन त कतिलाई चाकडी गर्न पाए धेरै काम पट्याउने थिएँ भन्ने लागेको पनि होला। तर, प्रधानमन्त्रीलाई चाहिँ यसरी डुबाउन नहुने।

भीर खोज्ने गाईलाई रामरामबाहेक अरू भन्न नसकिने रहेछ। होइन त पाठकवृन्द ?