सरकारको राष्ट्रिय युवा निति अनुरुपको काम नभएको गुनासो

0
Shares

रविन भट्टराई, ताप्लेजुङ

सरकारले दसवर्षे रणनीतिक योजनाका साथ राष्ट्रिय युवा निति ल्याए पनि लक्षित अबधिमा सोचे अनुरुप काम नहुने देखिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले २०७२ मा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना र राष्ट्रिय युवा निति ल्याएको दुई वर्ष प्रत्येक जिल्ला तहमा राष्ट्रिय युवा समिति गठन गर्दै बितेको र हाल देश संघिय संरचनामा गएकाले निति कार्यन्योयनमा समय लाग्ने सरोकारवालाले गुनासो गरेका छन् ।

२०७२ सालको देशको जनसंख्या, भौगोलिक अबस्था, बेरोजगार युवा लगायतको तथ्याङ्कलाई आधार मान्दै दश वर्षे योजना बनाए पनि विभिन्न कारणले काममा ढिलाई भएको युवा समितिका ताप्लेजुङ अध्यक्ष सन्तोस पर्साईले बताउनुभयो ।

समितिले ताप्लेजुङ सदरमुकाममा शनिवार जिल्लाका सञ्चारकर्मि सँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पर्साईले जिल्ला तहमा समिति गठन गरे पनि स्थानिय तहको निर्वाचन पछि सबै अधिकार स्थानिय तहलाई दिएकाले यस अघि जिल्लामा रहेर काम गरे जस्तो अब नहुने भएकाले पुन निति परीवर्तनको आवस्यकता रहेको बताउनुभयो ।

सरकारले सबै तथ्याङ्कलाई आधार मान्दै निति राम्रो बनाएको भए पनि रणनितिक योजना अनुरुप हुनुपर्ने काम नभएकाले कार्यन्योयन हुनेमा जिल्लाका सञ्चारकर्मिले आसंका व्यक्त गरेका थिए ।

जिल्लामा समिति गठन पछि सो समितिले बाख्रा पालक समुह छानि पाँच लाखका दरले युवालाई ऋण उपलब्ध गराउने र व्यवसायिक युवाहरुलाई पुरस्कृत गरी प्रोत्साहन बाहेकका अन्य काम गर्न सकेको छैन ।

सो अन्तरक्रिया कार्यक्रममा युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना र राष्ट्रिय युवा नीति २०७२ का विषयमा सञ्चारकर्मिलाई जानकारी गराईएको थियो । कार्यक्रममा सहभागि सञ्चारकर्मिले जिल्लाका युवाहरुको सबै तथ्याङ्क संकलन गरी सोहि अनुरुपको योजना ल्याउन समितिलाई सुझाव दिएका छन् ।