सुनका गहनासहित भारतीय पक्राउ

0
Shares

नेपाल समाचारपत्र, बाँके । सुन गरगहनासहित प्रहरीले एक भारतीयलाई नेपालगञ्जबाट नियन्त्रणमा लिएको छ ।

विभिन्न किसिमका गहना बिक्री गर्नका लागि नेपालगञ्ज आइपुगेका भारत पञ्जावका कुलविन्द्र सिंहलाई प्रहरीले एक सय ५३.६९० ग्राम गहनासहित नियन्त्रणमा लिएको हो । फुली, टपलगायतका गहनाको मूल्य ६ लाख ९९ हजार ६ सय ६८ रुपैया रहेको बुझिएको छ । गहनाहरु सुन मिश्रित थिए । प्रहरीले ल्याबमा टेष्ट गर्दा सबैजसो गहनामा ३० प्रतिशत सुन देखिएको छ ।

नेपालबाट भारततिर सुन तस्करी भइरहेको बताइन्छ । नेपाली नाका पार गरेपछि भारतीय एसएसबीले सुनसहित मान्छे समातेर त्यसको पुष्टि गरिसकेको छ । सुन र चादीका गरगहना भने भारतमा बनाएर नेपालमा ल्याउने गरिन्छ । सिंहले विभिन्न किसिमका गहनाहरु बनाएर नेपालमा बेच्न ल्याएका थिए । प्रहरीले भन्सार छलेर ल्याएको भन्दै नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा पठाएको छ ।