सरकारले तोकिएकै समयमा तेस्रो चरणको निर्वाचन गर्छ : भुसाल

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागि हुने बताउनु भएको छ । रफत सञ्चार क्लबले बिहीबार सुर्यबिनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै यही सरकारले तोकिएकै समयमा तेस्रो चरणको निर्वाचन गर्ने उल्लेख गर्नुभयो ।

राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाएको बताउँदै उहाँले जिम्मेवार दलका नाताले राजपा निर्वाचनबाट अलग नहुने बिश्वास ब्यक्त गर्नुभयो ।उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनै पनि खालका अधिकार कटौती हुन नसक्ने बताउनुभयो । माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेको बताउदै भुसालले काँग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताउनुभयो ।

विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउदै उहाँले विभाजित शक्तिबीच कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको बताउनुभयो ।