पहिरो जांदा यातायात अवरुद्ध

0
Shares

दयाराम पण्डित, बाजुरा
सांफे मार्तडी सडक खण्ड अन्तरगत बाजुराको बुडिगंगा नगरापलिकको अम्कोट र बडिमालिका नगरपालिकको हरडे क्षेत्रको चट्टानमा पहिरो जांदा हिजो देखि यातायात अवरुद्ध भएको छ ।मंगलवार रातिवाट खसेको पहिरो आज सम्म ब्यबस्थापन नगर्दा सदरमुकाम मार्तडी आउने लामो तथा छोटो दुरीका यातायात वल्देमा थन्किएको यात्री दिपक सांउदले बताएका छन् ।

ठाउँमा हिड्नुपर्छ ठाउँमा गाडी चड्नुपर्छ यात्रुसांउदले भने । यातायात अबरुद्ध भएको छ मैले स्थलगत अध्ययन गरेंर आएकोछु पहिरो माथिबाट निरन्तर खसिरहेको छ यता यात्रुसमस्यामा छन् तत्काल मेशिन प्रयोग गर्ने पहल भईरहेको बुढिगंगा नगरापािलकाका नवनिर्वाचित नगरप्रमुख दिपकबिक्रम शाह ले वताउनुु भएको छ । बार्जुगाड मार्तडी पक्की सडक निर्माण भईरहेको छ । यद्येपी खसेको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय सांफेले भने सडक सुचारुगर्न के कस्तो पहल गरेको छ ? खुल्न आएको छैन ।