काठमाडौ (नेस) ।
काठमाडौंबाट यात्रु लिएर पोखरा पुगेको ६०७ ९ एन एजेसी कलसाइनको यति एयरलाइनसको एक विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
विमान अवतरणको क्रममा दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज हृविल लक भएको थियो ।, विमानको नोज हृविल लक हुनेवित्तिकै विमान दायाँ र बायाँ मोड्न नमिल्ने भएपनि कुनै प्रकारको क्षती नभएको बताइएको छ ।
रन वे मै विमानको नोज हृविल लक भएपछि करीब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण हुन सकेन । जसका कारण काठमाडौंबाट आएको विमान पुनः काठमाडौं र्फकनुपरेको थियो ।
अहिले भने त्यहीँका प्राविधिक टोलीले विमान मर्मत गरी विमानलाई त्यहाँबाट हटाएर संचालनमा ल्यइएको बताइएको छ ।











प्रतिक्रिया