मनमोहन अस्पतालले भन्यो,‘झिकिएको मिर्गौला अस्पतालमै सुरक्षित छ’


नेपाल समाचारपत्र, काठमाडौ ।

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले नुवाकोटका शिव प्रसाद रिमालको उपचारको क्रममा कुनै लापरबाही नभएको दावी गरेको छ ।

लापबाहारीबारे चौतर्फी आलोचना भइरहेको बेला अस्पतालका प्रशासक रामप्रसाद गजुरेलले एक विज्ञप्ति जारी गर्दै अस्पतालले पत्थरी झिक्नुपर्नेमा मिर्गौला झिकेको भनि प्रकाशित समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको भने साँचो भएको उल्लेख गरिएको छ । तर, पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा रहेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकादे देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्र थैलीको नजिकमा रहेको देखिँदा निज विरामीको सीटी स्क्यान र आईभीयु गरी स्वास्थ्य परीक्षण गरिएको थियो,’ अस्प्तालले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘अपरेशन अघि नै बिरामी र बिरामीका आफन्तलाई अपरेशन जटिल र जे पनि हुन सक्ने भनि सम्झाएको भवितब्य परी केहि भएमा दोष दिने छैनौं भनि बिरामी र विरामीका आफन्तले सहि गरेको प्रष्ट पारीएको छ ।’

त्यसपछि अपरेशन गर्दा असामान्य स्थानमा रहेको मृर्गौलाबाट अत्याधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भई अनेक उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रगत नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको हो ।’

बिरामीको झिकिएको मिर्गौला सुरक्षित रुपमा अस्पतालमा नै राखिएको पनि बताइएको छ ।

यस्तो छ विज्ञप्ती