खानेपानीको मुहानमा अस्पतालको फोहर, तीनसय परिवार सफा पानी पिउनबाट बन्चित

0
Shares

हेटौंडा,(नेस) ।
मकवानपुरको थाहा–४, कारुलखोला खानेपानी उपभोक्ता समितिका एक उपभोक्ता गाडीमा दामन जाँदै थिए । उनको आँखा सडकभन्दा तलतिर प¥यो । उनले त्यहाँ सेतो फोहरको थुप्रो देखे ।

गाउँमा लगिएको खानेपानीको मुहानमाथि फोहर हो कि भन्ने उनलाई जिज्ञासा लाग्यो । ती उपभोक्तालाई कौतुहलता जाग्यो, घर आएपछि एक्लै हेर्न पुगे । उनले देखे कि स्थानीय पोलीक्लिनिकको फोहर । रगत लत्पतिएका कपास, सुईहरु, औषधिका बोतल, फोहरैफोहर । उनले गाउँमा त्यही कुरा सुनाए ।

थाहा नगरमा रहेको थाहा पोलीक्लिनिकले खानेपानीको मुहानमा अस्पतालजन्य फोहोर डम्पिङ गर्ने गरेको पाइएको छ । स्वास्थ्य संस्थाबाट निस्कने औषधिका खाली सिसी, सुई, रगत लत्पतिएका कपडा, कपास, औषधिका खोल र पञ्जासमेत वडा नम्बर–४ स्थित कुर्सीमोडनजिक गैरीमा डम्पिङ गरिएको भेटिएको हो ।

वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य संस्थाका फोहरको यथोचित व्यवस्थापनमा पोलीक्लिनिकको हेलचेक्र्यार्इं पाइएको छ । क्लिनिकले प्रयोगशालामा प्रयोग गरिएका सामग्रीसमेत बस्तीमाथिको पानीको मुहाननजिक मनपरिढंगले फालेको स्थानीयले बताएका छन् ।

पोलीक्लिनिक सञ्चालक सदस्य सहदेव ढकालले भने पोलीक्लिनिकको फोहर आफंैले व्यवस्थापन गर्ने गरेको बताए । उनले सिरिञ्ज जलाउने मेसिन आफैंसग रहेको र अन्य फोहर बाहिर लगेर जलाउने गरेको जिकिर गरे ।

नजिककोे जग्गा भाडामा लिएर फोहोर जलाउने गरिएकोमा केही समयदेखि उक्त कार्य अवरुद्ध भएको उनले बताए ।

पानीको मुहानमाथि अस्पतालजन्य फोहर फालेको देखेपछि हाल थाहा–४, भुईंडाँडाका बासिन्दाले धाराको त्यहाँको पानी खान छाडेका छन् ।

स्थानीय भुसुने ओढारको मुहानबाट ल्याइएको खानेपानी आयोजनाअन्तर्गत् किटेनी र भुर्इंडाँडाका करिब तीनसय परिवारले पिउने गर्थे । अहिले खानै छाडेका छन् ।