सांसद् थापाको पहलमा नयाँ जीवन

0
Shares

हेटौंडा,(नेस) । मकवानपुरको बकैया गाउापालिका वडा नं ७ घर भएका बोनम्यारो पीडित मनोज राईले नयाँ जीवन पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष एवम् सांसद् गणेश थापाको पहलमा राईको उपचार सकिएको छ ।

करिब ३ महिना अघिदेखि राईको उपचार सुरु गरिएको थियो । सांसद् थापाको पहलमा राईलाई करिब १२ लाख रुपियाा बराबरको उपचारपश्चात् उनको उपचार सकिएको हो ।

राईको उपचार सकिएपश्चात् उनका परिवारले थापालाई राप्रपा मकवानपुरको पार्टी कार्यालयमा भेटेर धन्यवाद दिएका छन् । राईका बुबा बमसिंह राईले भावुक हुँदै सांसद् थापालाई भने– तपाईं त हाम्रो परिवारमा भगवानको रुपमा आउनुभयो । आफू जनताको हितको लागि काम गर्ने भएकोले राईलाई सहयोग गर्न पाउ“दा खुसी लागेको सांसद् थापाले बताए । पीडित राईको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भएको हो ।