चेपाङ संरक्षित क्षेत्र घोषणा माग

0
Shares

हेटौंडा,(नेस) । चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउ“पालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ ।
गाउ“पालिकाका अध्यक्ष राजकुमार मल्लसहित मकवानपुरबाट गएको टोलीले राक्सिराङ गाउ“पालिकाको निर्णय पत्रसहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, नेपाल चेपाङ संघ पूर्वकेन्द्रीय अध्यक्ष एवम् पूर्वसभासद गोबिन्दराम चेपाङ, गाउ“कार्यपालिका सदस्य सन्तबहादुर चेपाङ गएका थिए ।