सूर्याेदयमा एमाले विजयी


 

इलाम, २० असार । सूर्याेदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।

आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमलाल चाम्लिङले १० हजार ३२९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकै दुर्गा भट्टराई १२ हजार ८९० मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी वन्दना अधिकारीले नौ हजार ९९७ मत प्राप्त गर्नुभयो ।

यससँगै यहाँका १० वटै स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । तीमध्ये इलाम, माई, देउमाई नगरपालिका र सूर्याेदय नगरपालिका तथा सन्दकपुर, माई जोगमाई र चुलाचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले तथा रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसले विजय हासिल गरेको छ । रासस