कालीगण्डकीमा चल्ने सानो पानी जहाज बन्द, स्याङजा र पर्वतका बासीन्दालाई सास्ती

0
Shares

दुर्गाप्रसाद शर्मा,सेतीबेणी, पर्वत ।

मुलुककै सबै भन्दा ठुलो जलविद्युत आयोजना कालीगण्की ‘ए’ निर्माणको क्रममा बनेको जलयातायात स्टिमर समुन्द्रमा चल्ने पानी जहाज भन्दा कुनै कम छैन् ।

उक्त सञ्चालित जलयातायातले स्याङजा र पर्वतका बासीन्दालाई एक आपसमा जोडेको थियो । स्टिमरबाट स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले निकै नै फाईदा लिएका थिए ।

सस्तो शुल्कमा माल सामान ढुवानी गर्न, तिर्थ यात्रा गर्न र निकै नै छोटो समयमा गन्तव्यमा पुग्न पाएका बासिन्दा अहिले उक्त सुविधाबाट बन्चित बनेका छन् ।

नदीमा पानीको प्रवाह बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो साता देखि नै स्टिमर बन्द गरिएको हो ।

स्टिमर सेवा अवरुद्ध भए सँगै पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।

विगत १७ वर्ष देखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनाँै गाविसका बासिन्दाले नौ महिना सम्म यातायातको प्रत्यक्ष सुविधा उपभोगगर्दै आए पनि वर्षायामको समयमा भने तीन महिना अवरुद्ध हँदै आएको थियो । त्यसैले अहिलेको वर्ष पनि उहि नियम लागु गरिएको हो ।

दक्षिण पर्वतको विहादी गाउँपालिका स्थित साविकको शालिग्राम गाविस देखि स्याङ्जाको मिर्मी सम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वत दक्षिणवर्ती क्षेत्रका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी साबिकका गाबिसहरुमा सहज रुपमा यात्रा गर्नुका साथै मालसामान ओसार पसार गर्दै आएका थिए ।

यातायातको पहुँच नभएको तीन वटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान साबित भएपनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासोछ ।

पानीको सतह घटेपछि मात्र स्टिमर सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

असोजको दोस्रो सातापछि पानीको सतह कमहुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौं उहाँले भन्नुभयो । यातायात अवरुद्ध हुँदा दैनिक आधा घन्टामा सकिने यात्रा चार घन्टा कोपैदल यात्रा हिँडेर स्याङ्जाको मिर्मी सम्म पुग्नबाध्य भएकाछन् ।

हिउँदको समयमा सस्तो शुल्कमा माल सामान ढुवानी गर्न पाएका व्यवसायीले वर्षामा खच्चर मार्फत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य हुनुपरे को गुनासो गरेका छन्।