एकादशीको अबसरमा गुल्मीको रेसुङ्गामा भक्तजनको भिड

0
Shares

अनिल खत्री,गुल्मी असार ।

हरिशयनि एकादशीको अबसरमा गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा पोखरीमा नुहाउनको लागी भक्तजनको भिड लागेको छ ।

सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गाको पोखरीमा नुहाउनको लागी तथा पुजा गर्न बिहादै देखि श्रद्धालु भक्तजनहरु पुगेका छन् ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।

धार्मिक स्थल रेसुङ्गमा नुहाउन तथा पुजा गर्न, ऐतिहासिक स्थलको अबलोकन गर्न गुल्मी लगायत नेपालका बिभिन्न ठाउँबाट धार्मिक स्थलमा आउने गर्दछन् ।

धार्मिक स्थल रेसुङ्गामा रहेको भ्युटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीको सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको कच्चीबाटोमा गाडिको यात्रा र केहि पैदल यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपो भुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन ।

रेसुङ्गा सबै महत्वले भरिपुर्ण भएपनी पोखरी सम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानिय बताउँछन् ।

एकादसीका दिन बिशेष मेला बाहेक रेसुङ्गामा साउन भर १ महिना मेला साउने औषीका दिन बिशेष मेला लाग्ने गर्दछ । रेसुङ्गामा अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।