हराउनेलाई सम्मान


 

‘यस्तै रहेछ यहाँको चलन…..’
कुनै बेला गायिका देविका वन्दनाले गाएको यो गीत अहिले आएर चरितार्थ भएको छ। चुनावको परिणाम आउने माहोल छ। जित्नेहरू निकै खुसी छन् भने हार्नेहरू दुःखी। हजारौं लाखौं पैसा खर्च गरेर चुनाव हार्दा जति पीडा हुन्छ त्यति नै पीडा आफ्नै मान्छेहरूले अन्तरघात गरेर चुनाव हार्दा हुन्छ भन्ने उदाहरण पूर्वी जिल्ला इलाममा देखा परेको छ।

इलाम नगरपालिकाको एक वडाका वडा सदस्यहरूलाई आफ्नै पार्टीकाले अन्तरघात गरी चुनावमा हराएपछि कांग्रेसका वडा सदस्यका उम्मेदवार नर्वकाजी लामाले अन्तरघात गर्नेहरूका नाममा ‘अन्तरघाती सम्मान–पत्र’ नै छपाएका छन्। उनले अन्तरघात गर्नेलाई भविष्यमा पनि अन्तरघात गर्न प्रेरणा मिलोस् भनेर पनि कामना गरेका छन्।