मुलुककै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गेपुल जोखिममा

0
Shares

नेपाल समाचारपत्र,पर्वत ।

बाढी र पहिरोका कारण मुलुककै संबैभन्दा अग्लो मध्ये एक कुस्मा ज्ञादी झोलुङ्गे पुल जोखिममा परेको छ ।

पर्वतको सदरमुकाम कुस्माबजार र ज्ञादी गाउँ जोड्न मोदीखोलामाथि निर्माण गरिएको पुल हुँदै ढल निर्माण गरिएपछि संकटमा परको हो ।

कुश्मानगरपालिकाको बड्गाउँ क्षेत्रको ढल निकास पुलको कुस्मा तर्फको जीप हुँदै बनाइएका कारण जमिन भासिन थालेको छ । ढलको उचित निकास नभएमा पुलको जीप भासिने भएकाले तत्काल ब्यबस्थापन गर्न स्थानियबासीले माग गरेका छन ।

नेपालकै अग्लो कुश्मा–ज्ञाँदी झोलुङ्गे पुल निर्माण समितिका तात्कालिन अध्यक्ष शिव शर्मा पौडेलले ढल व्यवस्थापनका नाउँमा पुल जीर्ण बनाउने कार्य नगर्न आग्रह गरेका छन् ।

पर्वत पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष समेत रहेका उनले विना जानकारी भएको निर्माणकार्य रोक्न माग पनि गरे ।

जिल्ला विकास समिति पर्वतका पूर्व उपसभापति समेत रहेका स्थानीयवासी रामशर्मा पौडेलले ढल व्यवस्थापन गर्दा पुलको १ सय मिटर वरपर बनाउन नपाईने भएपनि पुलको छेउबाटै ढल बनाउँदा भासिने खतरा रहेको बताए ।

बड्गाउँ क्षेत्रको जमिन भासिने समस्या छ । अझै ढल निकास गरिदिएपछि पुल नै भत्किने खतरा हुने उनको भनाई छ ।