प्रतिस्पर्धा ?

0
Shares

 

अहिले चुनावी परिणामको महौल धरहराले देखिरहेको छ। अहिलेको परिणाममा बाम र प्रजातान्त्रिक पक्षबीचको टक्कर नै प्रमुख रूपमा देखिएको छ। बाम सबै मिल्ने हो भने प्रजातान्त्रिक पक्षधर अल्पमतमा पर्ने अवस्था रहेको छ।

तर, बामबीच पनि आफ्नै खालको स्वार्थ भएका कारण उनीहरु पनि मिल्न सक्ने अवस्थामा छैनन्। तर, प्रजातान्त्रिक पक्षधरको नेतृत्व गर्ने कांग्रेसलाई यसले फाइदा गरिरहेको धरहराले पनि देखेको छ। चुनावका लागि एमाले वा माओवादीले जति दौडधूप गरेका छन्। कांग्रेस भने लगभग सुतेको जस्तो देखिन्छ। सुतेको कांग्रेस पनि अहिले एमाले सँगसँगै प्रतिस्पर्धामा देखिएको छ।

धरहरा नजिकै आएका एक जना कांग्रेस कार्यकर्ता भन्दै थिए– विचित्र भइरहेको छ। कहाँबाट आउँछ हाम्रो पार्टीलाई भोट ? हामी त चुनाव प्रचार होइन दिनभरि तास खेलेर बस्ने हो। तर, पनि भोट भने निकै आउँछ बा⁄! वैकल्पिक प्रजातान्त्रिक शक्ति बलियो नहुँदाको फाइदा अहिले कांग्रेसलाई मिलिरहेको उनको तर्क थियो। के राजनीतिक गनथन सुनिरहनु भनेर धरहराले चाहिँ आफ्नो बाइनाकुलर अन्यत्रै मोड्यो है पाठकबृन्द । परिणाम सामाजिक सञ्जालमा भेटिएको यो तस्वीर जस्तो छैन त?