अदालतलाई अटेर गर्दै त्रिवि


हेटौंडा, (नेस) । हेटौंडामा विद्यार्थी भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाए पनि देशको जेठो अनि प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयले हेटौंडामा बन संकाय स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना जबर्जस्ती खोलेको छ ।  बन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसले डिनको कार्यालयबाट प्राप्त पत्र भन्दै शैक्षिक सत्र २०७३–२०७७ का लागि स्नातक तह प्रथम वर्ष अध्ययनार्थ आवेदन दिने योग्यताक्रममा परेका उत्तीर्ण उम्मेदवारलाई असार २५ गतेभित्र सबै प्रक्रिया पूरा गर्न सूचना टा“स गरेको छ । सूचनामा साउन १ गतेदेखि पठनपाठन शुरु हुने जानकारी दिइएको छ । निमित्त क्याम्पस प्रमुख विजयकुमार यादवले सूचना प्रकाशन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा बनविज्ञान विश्वविद्यालयबीच लामो समयदेखिको विवाद सर्वोच्चले विवाद टुंग्याएको थियो । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले त्रिविलाई हेटौंडामा भर्ना लिने बाटो बन्द गरिदिएको थियो ।

कृषिबनका रजिष्टार मनराज कोलाक्षपतिले त्रिविस“ग यस विषयका कुरा भएको बताए । त्रिविले भर्नाको सूचना प्रकाशन गरेपछि आफूहरु कानुनी उपचारको बाटोमा रहेको उनले बताए ।

उपकुलपति आईपी ढकालले अदालतले रोकेको विषयमा त्रिविले भर्ना लिनु अदालतको मानहानि भएको दाबी गरे ।

 

गत कात्तिक २४ गते सर्वोच्च अदालतले त्रिविअन्तर्गत् डिनको कार्यालय पोखराबाट हेटौंडा क्याम्पसका लागि विद्यार्थी भर्ना गर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि त्रिविले अन्तरिम आदेश बदर गर्न सर्वोच्चमै रिट दायर गरेको थियो । सर्वोच्चले माघ ९ गते कात्तिक २४ गतेको अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

२०६७ मा कृषि तथा बनविज्ञान विश्वविद्यालय स्थापना भएदेखि दुई विश्वविद्यालयबीच विवाद हु“दै आएको थियो । चार वर्षअघि त्रिविले चितवनको रामपुरमा कृषि र भेटेरिनरी संकायमा भर्ना लिन छाडेको भए पनि हेटौंडामा भने दुवै विश्वविद्यालयले भर्ना लि“दै आएका छन् ।

कृषि बन हेटौंडाका बन संकाय डिन डा. बलराम भट्टले दुई विश्वविद्यालयको खिंचातानीका कारण समस्या भइरहेकोमा सर्वोच्चको आदेशस“गै काममा सहजता आउने भए पनि त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

कृषि बनले हेटौंडामा पीएचडीसम्मको पढाइ गरिरहेको छ । यहा“का दलहरुको सामूहिक प्रयासले पनि कृषि बनलाई पढाइ गर्न सहजता भएकोमा डिन डा. भट्टले खुशी व्यक्त गरे । डिन डा. भट्टले सहमति अटेर गरेपछि बाध्य भएर सर्वोच्च जानुपरेको भन्दै अदालतको आदेशअनुरुप कृषि तथा बनविज्ञान विश्वविद्यालयका ८० विद्यार्थी हेटौंडामा पढ्ने बताए ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा र दुई विश्वविद्यालयका पदाधिकारीसहितको बैठकले २०६९ सालमा हेटौंडामा त्रिविले भर्ना नलिने सहमति भएको थियो । तर, यस वर्ष पनि त्रिविले हेटौंडामा पढाइ थाल्ने तयारी थालेको छ ।