सुमार्गी महासंघमा केन्द्रीय सदस्य


हेटौंडा,(नेस) । शिक्षा, दुरसञ्चार, हाइड्रोपावर, सिमेन्ट, खानी, कृषि, बंैकिङ र होटललगायत क्षेत्रमा लगानी गर्दै आएको मुक्तिश्री गु्रप अफ कम्पनिजका सञ्चालक हेटौंडाका अरुणराज सुमार्गी (पराजुली) नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य मनोनित हुनु भएको छ ।

महासंघका पूर्वकार्यकारिणी सदस्यसमेत रहनुभएका उहाँलाई महासंघ केन्द्रीय अध्यक्ष भवानी राणाले शुक्रबार पत्र दि“दै महासंघको विधानअनुसार हालको कार्यकारिणी समितिको पदावधिसम्मका लागि कार्यकारिणी समितिको सदस्यमा मनोनित गरिएको जानकारी दिनुभएको हो । राणाले महासंघको गतिविधिलाई प्रभावकारी बनाउन यसअघिको जस्तै सहयोग प्राप्त हुने विश्वास लिनुभएको छ ।

मुक्तिश्री गु्रप अफ कम्पनिज देशकै प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक हो । यसै घरानाका संस्थापकसमेत रहनुभएका अरुणराज सुमार्गी राज्यले आर्थिक मुद्धालाई गम्भीररुपमा नलि“दा नेपालको अर्थतन्त्र सवल बन्न नसकेको भनाइ राख्नुहुन्छ । राज्य संयन्त्रको आन्तरिक समन्वय नहु“दा उद्योग विकासको चरण झन् लामो बन्दै गएको उहाँको बुझाइ छ ।

हेटौंडामा २०२८ सालदेखि बुबा माधवराज पराजुलीले हेटांैडा क्षेत्रमा चुन उद्योग स्थापना गरेर विभिन्न वाधाअवरोधका बाबजुद अघि बढेको हेटौंडा चुन उद्योग लगानी विस्तार र रोजगारी सिर्जना गर्दै जाने क्रममा सुमार्गी गु्रपका रुपमा चिनिन पुगेको हो ।

उक्त समूह नेपालमा मुक्तिश्री प्रालिका नाममा विभिन्न किसिमका उत्पादन तथा सेवामूलक उद्योगहरुमा केन्द्रित छ । माधवराज सुमार्गीको आफ्नो सोच र उद्धेश्य पूरा नहु“दै २०३५ सालमा निधन भयो । हाल उहाँका दुई छोरा अजेयराज सुमार्गी र अरुणराज सुमार्गीको नेतृत्वमा पराजुली परिवारको व्यवसाय हालको सुमार्गी गु्रप हो । केही समय यातायात क्षेत्रमा लगानी गरेको समूहले २०४६ पश्चात् आफ्नो लगानी अन्य क्षेत्रमा पनि विस्तार गर्दै गएको छ ।

२०४६ सालमा नेपालमा बनाइएका कलात्मक झ्याललाई विश्वबजारमा पु¥याउनुपर्छ भन्ने उद्धेश्यले कलात्मक काष्ठ उद्योग शुरु गरेको समूहको शुरुको व्यावसायिक पृष्ठभूमि हेटौंडा चुन उद्योग हो । नेपालको इतिहासमा पहिलो खानीजन्य निजी क्षेत्रका उद्योगका रुपमा हेटौंडा चुन उद्योग सञ्चालनमा आएको थियो । नेपालमा राज्य संरचना केन्द्रिकृत भएका कारण उद्योगहरु सञ्चालन गरी लगानीलाई विविधीकरण गर्न लगानी विस्तार गर्नुपर्ने आवश्यकता गु्रपका निर्देशक सुमार्गी औंल्याउनुहुन्छ ।