अपहरणमा परेका व्यापारीको २१ दिनपछि शब फेला


दाङ  दाङको तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले बताएको छ ।
शुक्रबार विहान ४ बजे दाङ र सल्यानबाट गएको प्रहरीले टोलीले शवको पहिचान गरेको बताइएको छ । अपहरणमा संलग्न व्यक्तिले दिएको जानकारीका आधारमा प्रहरीले सो ठाउँमा गएर शवको पहिचान गरेको हो । शव दाङ ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न व्यक्तिहरु दाङ, सल्यान र धादिङका व्यक्ति रहेको भएपनि विस्तृत विवरण आइनसकेको श्रोतले बताएको छ । प्रहरीका अनुसार मुख्य अपहरणका मुख्य योजनाकार फरार रहेका छन् भने केहिलाई पक्राउ गरिएको छ ।