सभ्य समाजका लागि अपराध न्यूनीकरण

0
Shares

हेटौंडा,(नेस)

मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले अपराध न्यूनीकरणमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सामुदायिक सेवा केन्द्र मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार मकवानपुरको बकैया, बागमती र मकवानपुरगढी गाउँपालिकामा गरेका सम्मान तथा ‘अपराध न्यूनीकरणमा आवश्यक भूमिका’ विषयक अन्तत्र्रिmयामा उनीहरुले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

गाउँस्तरमै मिलाउन सकिने विवाद र झगडा सामुदायिक सेवा केन्द्रहरुसँगको सहकार्यमा छलफलका माध्यमबाट समाधानको प्रयास गरिने उनीहरुले बताए ।

बकैया गाउँपालिकामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनालले गाउँपालिकामा सभ्य समाज निर्माणका लागि अपराध न्यूनीकरणमा आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

उपाध्यक्ष सरला बोलखेले आफूले न्यायिक कार्यसम्पादनका क्रममा सामुदायिक प्रहरीसँग सहकार्य गरी काम गर्ने बताइन् ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँपालिकास्तरमा सामुदायिक सेवा केन्द्र स्थापना गरी काम गर्न पहल गरिने बताए ।

उपाध्यक्ष धनमाया स्यांतानले अपराध न्यूनीकरणका लागि प्राथमिकताका आधारमा जनचेतनाका कार्यक्रम गरिने बताइन् ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागार्इंले गाउँपालिकामा शान्तिसुरक्षा कायम गर्न प्रहरी युनिटको आवश्यकता रहेको बताए । सामुदायिक सेवा केन्द्र र प्रहरीको टोली रहने हो भने काम गर्न निकै सजिलो हुने भन्दै उनले अपराधमुक्त गढी निर्माणका लागि सक्दो काम गर्ने बताए ।

सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश श्रीमल, सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल, संस्थापक सचिव श्यामकृष्ण खतिवडाले सामाजिक विकृति र अपराध न्यूनीकरणका लागि समुदायसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए ।

सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका सबै गाउँपालिका र नगरका प्रतिनिधिहरुसँग अपराध न्यूनीकरणका लागि अन्तत्र्रिmयामा गरिरहेको छ ।